सस्तो मेलामा डेढ करोडको कारोबार

पोखरा, १३ मंसिर/पृथ्वीचोकस्थित बास्तोला कम्प्लेक्समा मंसिर ९ गतेदखि भएको दोस्रो सस्तो व्यापार मेलामा आइतबार सम्ममा डेढ करोडको कारोबार भएको छ । मेला संयोजक माधव बास्तोलाका अनुसार अहिलेसम्म ४० हजार दर्शकले मेलाको अवलोकन गरेका छन् ।

१५ गतेसम्म चल्ने महोत्सवमा लोक दोहोरी धमाका, नवप्रतिभाको खोजी अभियान अन्तर्गत खुल्ला नृत्य प्रतियोगिता (प्रदेश तारा), विश्वका विभिन्न ठाउँमा पाइने सबै प्रकारका कुकुरको प्रदर्शनी, हिरादेखि जिरासम्म र नुनदेखि सुन सम्मका सम्पूर्ण सामान एकै थलोमा पाइने र कृषि प्रदर्शनी छ । प्रदेश तारामा प्रथम हुनेलाई नगद ३० हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार र सान्त्वना पुरस्कार दुई जनलाई ५÷५ हजारका दरले प्रदान गरिने छ । प्रदेश तारा तीन चारणमा गरी विजेता घोषणा गरिने बास्तोलाले बताए ।

अडिसनमा ३३ जना सहभागी भएका थिए । प्रदेश ताराको दोस्रो राउण्ड सोमबार हुनेछ । लोक दोहोरी धमाकामा प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, बद्री पंगेनी, पशुपति शर्मा, राजु परियार, जानकी तारामीमगरका साथै कास्की र गण्डकी चर्चित गायक गायिकाहरुको प्रस्तुति रहनेछ । सोमबार प्रजापति पराजुली, जानकी तारकी मगर लगायतका चर्चित कलाकारको प्रस्तुति रहनेछ ।

विभिन्न जिल्लाहरुमा उत्पादित वस्तुको प्रवद्र्धनका साथै एकै थलोमा वस्तुको पहिचान र सेवालाई उपभोक्ता सम्म पु¥याउने, कम्प्लेक्स भित्रको व्यवसायको प्रवद्र्धन, साहित्य कला र संस्कृतिको प्रचारप्रसारका साथै आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य मेलाको छ । साथै मेलामा स्थानीय तथा घरेलु सामग्रीहरुको प्रचारप्रसार तथा प्रवद्र्धन र कृषि तथा उत्पादित वस्तुको बजारीकरणमा मेलाले सहयोग पु¥याउने उनले बताए ।

३ करोड लागतमा निर्माण भएको कम्प्लेक्समा ३ सय २० सटर छन् । मेला अवधिमा कम्प्लेक्स भित्रका पसलमा सामान खरिद गर्दा विशेष छुटको व्यवस्था गरिएको छ । कम्प्लेक्समा वाइफाइ र सिसि क्यामेराको व्यवस्था, पर्याप्त पर्किङको सुविधा लगायतका विशेषता छ । कम्प्लेक्स शुभारम्भ एवं दसैंको अवसर पारेर पहिलो सस्तो व्यपार मेला एवं लोक दोहरी धमाका असोजमा भएको थियो ।

कमेन्टहरु
Loading...