पोखरा जेसीजको अध्यक्षमा कोईराला सर्वसम्मत

पोखरा, १२ मंसिर।युवाको नेतृत्व तथा क्षमता विकासमा क्रियाशील चार दशक पुरानो संस्था पोखरा जेसीजको सन् २०१७ को अध्यक्षमा शिव कोईराला सर्वसम्मत चयन भएका छन् । विभिन्न क्षेत्रका १८ देखि ४० वर्ष उमेर समूहका डेढ सय युवा सदस्य रहेको पोखरा जेसीजको शनिबार अबेर सम्पन्न ३७ औं अधिवेशन तथा ४२ औं वार्षिक साधारणसभाले कोईरालाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।यस्तै, कार्यकारिणी उपाध्यक्षमा शिवप्रसाद सापकोटा सर्वसम्मत चुनिए भने उपाध्यक्षहरुमा प्रकाश घिमिरे, भाईराज रानामगर, शक्ति बरुवाल र बसन्त रेग्मी निर्विरोध चयन भएका छन् । चार निर्देशकहरुमा कुशल पौडेल, शिवराम अधिकारी, शिव केसी र सन्देश पराजुली सर्वसम्मत चुनिए ।

पोखरा जेसीजको अध्यक्षमा शिव प्रसाद कोईराला चयन
पोखरा जेसीजको अध्यक्षमा शिव प्रसाद कोईराला चयन

यस्तै, अध्यक्ष कोईरालाले मनोनित पदहरुमा एलआरपिसीमा सिनेटर विष्णुबहादुर थापा, प्रमुख सल्लाहकार छविलाल सुवेदी, कानुनी सल्लाहकार शालिकराम गिरी, अध्यक्षीय सल्लाहकारहरु अमृत बास्तोला र शिव सुवेदी, बोर्ड सल्लाहकार किरण केसी, प्रेस सल्लाहकार दीपेन्द्र पहारी, प्रकरण निर्देशक सुवास सुवेदी, शाखा सम्पादक महेन्द्र सापकोटा, वृद्धि सभापति मोहन थापा, शुक्रबासरीय प्रवचनमाला संयोजक मोहनप्रसाद अधिकारी, तालिम आयुक्त सभापति छवि पौडेल, अभ्यास तालिम संयोजक अनन्त प्रधानांग, अनुगमन सभापति सन्तोष शाही, जनसम्पर्क अधिकारी घननाथ सापकोटा, सञ्चार सम्पर्क अधिकारी दिपेन्द्र बस्ताकोटी, अर्थ संकलन सभापति अशोक पौडेल, एलबिएन चेयर पर्सन बद्रिनाथ आचार्य, मानवअधिकार सेल संयोजक यज्ञपुरुष रिजाल चयन भएको निर्वाचन आयुक्त तिलकराम पौडेलले बताए ।

नवनिर्वाचित अध्यक्ष कोईरालाले आफ्नो एक वर्षे कार्यकालमा पोखराको गौरव मिस पोखरा ईभेण्ट जारी रहेकाले यसको गरिमालाई उँचो बनाउने गरी काम गर्ने, रानीपौवा स्थित पोखरा जेसीजको भवन स्तरोन्नति गर्ने योजना रहेको बताए । उनले सबै साथीहरुले सर्वसहमत अध्यक्षमा चयन गरेकाले सबैको सल्लाह र सहयोगमा सबैलाई समेटेर अघि बढ्ने पनि उल्लेख गरे ।यसअघि, साधारणसभाको उद्घाटन गर्दै राष्ट्रिय अनुसन्धान आविष्कार केन्द्रका अध्यक्ष एवं सामाजिक अभियन्ता महावीर पुनले मुलुकको समृद्धिको आधार नै युवा भएको र यो अवस्थामा युवाको भुमिका महत्वपूर्ण रहने बताए । युवाहरु यसरी नै एकताबद्ध भएर सामाजिक कार्यमा सक्रिय रहन आग्रह गर्दै उनले आफूले थालेको अभियानलाई धेरथोर जति सक्दो उति सहयोग गर्न आग्रह पनि गरे ।

विशेष अतिथि नेपाल रेडक्रस सोसाईटी कास्कीका अध्यक्ष वामदेव ढुंगाना, पोखरा उपमहानगरपालिका कार्यालयका वरिष्ठ अधिकृत ओमराज पौडेल, सम्मानित व्यक्तित्व पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष एवं पोखरा जेसिजका पूर्व अध्यक्ष रविन्द्रबहादुर प्रजु पोखरा लेडी जेसिजकी अध्यक्ष प्रमिला सुवेदी, लेखनाथ जेसिजका अध्यक्ष अर्जुन ओझा लगायतले बोलेका थिए ।कार्यक्रमको अध्यक्षता समेत गरेका पोखरा जेसिजका अध्यक्ष गोविन्दप्रसाद देवकोटाले सबैको सहयोगले आफ्नो कार्यकाल सफल भएको उल्लेख गर्दै सबैप्रति आभार प्रकट गरे ।

कमेन्टहरु
Loading...