पोखराको अपर सेतीमा हुने कायाकिङ प्रतियोगिताको तयारी पूरा

पोखरा १२ मंसिर । पोखराको अपर सेतीमा सोमवारदेखि सुरु हुने कायाकिङ प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक नेपाल एशोसियसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा) ले आईतवार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ ।नारा पश्चिमाञ्चल क्षेत्रद्धारा आयोजित हिमालयन ह्वाइट वाटर च्यालेन्ज नामक कायाकिङ प्रतियोगिता अपर सेतीमा तीन दिन सम्म चल्नेछ । प्रतियोगितामा सहभागिहरुले नाम दर्ता गराउने क्रम चलिरहेको र आईतवार साझ सम्म नाम दर्ता गराउन सक्ने नारा पश्चिम क्षेत्रका अध्यक्ष निम मगरले जानकारी दिए ।

कायाकिङको पोखरामा पहिलो पटक प्रतियोगिता हुने
कायाकिङको पोखरामा पहिलो पटक प्रतियोगिता हुने

प्रतियोगितामा ६० विदेशी सहित झण्डै एक सय ५० जनाले सहभागिता जनाउने अनुमान छ । कास्कीको मर्दीदोभानबाट याम्दी सेती बाँध सम्म झण्डै ९ किलोमिटर क्षेत्रमा फैलिएको अपरसेतीको पाँच किलोमिटर क्षेत्रमा प्रतियोगिता सञ्चालन हुनेछ ।प्रतियोगिता ३ वटा बिद्यामा सञ्चालन हुने नाराका कार्यकारी सदस्य मिलन तिवारीले जानकारी दिए । एक किलोमिटरको डाउन रिभर रेस , स्ट्रिम सलालम र बोर्डर क्रस हेड टु हेड गरी प्रत्येक दिन एउटा विधामा प्रतिश्पर्धा हुनेछ । प्रतियोगितामा हरेक विद्यामा प्रथम, द्धितिय र तृतीयलाई नगद, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगितामा सहभागि मध्येबाट पहिलो दिन डाउन रिभर रेस अन्तर्गत २५ र बोर्डर क्रस हेड टु हेड अन्तर्गत ४ गरी २९ जना फाईनल प्रतिश्पर्धाका लागि छनौट हुने आयोजकले जनाएको छ । प्रतियोगितामा सिनियर तर्फ पहिलो हुनेलाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रोलाई २० हजार रुपैया पुरस्कार प्रदान गरिनेछ । त्यस्तै जुनियर तर्फ पहिलो ३० हजार, दोस्रोलाई २५ हजार र तेस्रोलाई २० हजार रुपैया प्रदान गरिनेछ ।महिला तर्फ विजेतालाई २५ हजार, उपविजेतालाई २० हजार र तेस्रो हुनेलाई १५ हजार रुपैया पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न झण्डै १० लाख खर्च अनुमान गरिएको छ ।यसअघि भोटेकोशी, त्रिसुली, मस्र्याङदी लगायतका नदीमा हुदै आएको प्रतियोगिता पहिलो पटक सेती नदीमा आयोजना गर्न लागिएको हो । यो प्रतियोगिताको १५ औं संस्करण हो । प्रतियोगिताले पोखरामा शाहसिक खेल कायाकिङ र ¥याफ्टिङ पर्यटनको प्रवद्र्धन गर्नुको साथै सेती नदी किनारमा रहेको फोहोर ब्यवस्थापनमा समेत सहयोग पु¥याउने लक्ष्य लिइएको छ ।

 

 

कमेन्टहरु
Loading...