आठौ विटी कप सेभेन ए साइड फुटवल प्रतियोगिता विहीबारदेखि

पोखरा, ३० जेठ /बुद्धटोल युवा परिवार बगर–१,टुंडिखेलको आयोजनामा विहिबारदेखि टुडिखेल
मैदानमा आठौं विटिकप खुल्ला सेभेन ए साइड फुटवल प्रतियोगिता हुने भएको
छ । प्रतियोगितामा झण्डै ५० टिमले सहभागिता जनाउने भएका छन् ।

प्रतियोगितामा प्रथम हुनेले नगद ६० हजार, द्धितिय हुनेले नगद ३५ हजार सहित
शिल्ड मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छ । ६ लाख ४९ हजार आय व्यय
अनुमानित प्रतियोगितामा सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट
रक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलकिपर र अनुशासित टिमलाई जनहि नगद
पाँच पाँच हजारले पुरस्कृत गरिने छ । त्यसैंगरि क्वाटरफाइनलबाट हरेक खेलमा
म्यान अफ द म्याच पुरस्कार पनि दिइने बताइएको छ ।

खेलाडीहरुको प्रतिभा प्रदर्शन र खेलाडी उत्पादन गर्ने, फुटवलको माध्यमबाट
अनुशासित राष्ट्रसेवक उत्पादन गर्ने तथा स्वास्थ्य नागरिक उत्पादन गरि समाजमा
पहिचान गराउने लगाएतका उद्येश्यले प्रतियोगिता सञ्चालन गर्र्दै आएको आयोजक
परिवारले जनाएको छ ।

कमेन्टहरु
Loading...