सूचनामा महिला पहुच र सामाजिक जवाफदेहीताका लागि तिन दिने तालिम सम्पन्न

पोखरा,१२, मंसिर।वाल तथा महिला शसक्तिकरण समाज नेपालको आयोजनामा काहु अर्मला र भलामका महिलाहरुलाई छुट्टाछुटै रुपमा सञ्चालन भएको तिन दिने तालिम सम्पन्न भएको छ । सूचनामा महिला पहुच र सामाजिक जवाफदेहीताका लागि शुक्रवारदेखी सुरु भएको तालिम आइतवार सकिएको हो ।एक्सन एडको सहयोगममा महिला अधिकार मञ्च एवं रिफ्लेक्ट समुहका पदाधिकाी तथा आमा ममुहका महिला अगुवाहरुलाई उक्त तालिम प्रदान गरिएको हो । तालिममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा सुचना अभियन्ता सुष्मा पौडेलले तिन वटै वडामा प्रशिक्षण दिएकी थिइन् ।

तिन दिने तालिम सम्पन्न
तिन दिने तालिम सम्पन्न

सूचनाको हक सामाजिक जवाफदेहीताको वलीयो आधार भएकाले यसको कार्यान्वयन आवश्यक भएको वताइन् । उनले नागरीकको मौलीकका रुपमा रहेको सूचनाको हकका विषयमा धेरै जसो अनविज्ञ भएको कारण सार्वजनिक निकायलाई जवाफदेही र पार्दर्शी समेत वनाउन नसहेको भन्दै सुचना माग्ने र दिने पक्ष जुजारु हुनुपर्नेमा जोड दिइन् । अधिवक्ता समेत रहेकी उनले सूचनाको हक केहो ? यसको महत्व, सुचनाको हकको इतिहास, विकासक्रम सूचना कसरी माग्न सकिन्छ, लगायतका विषयमा सहजिकरण गरेकी थिइन् ।तिन वटै कार्यक्रममा वाल तथा महिला सशक्तिकरण समाजका कार्यक्रम अधिकृत युमाया पुनले कार्यक्रमको उदेश्य तथा समाजका गतिविधिका वारेमा जानकारी गराएकि थिइन् ।

त्यस्तै अर्मलाको कार्यक्रममा वडा सचिव वसन्त भट्टराईले सुचनाको हकसवैले जान्नु पर्ने विषय भएको भन्दै सिकेका कुरा व्यवहारमा उतार्न समेत अनुरोध गरे । कार्यक्रमको सञ्चालन सामाजिक परिचालक शोभा आचार्यले गरेकी थिइन् । त्यस्तै काहुमा सामाजिक परिचालक धना पौडेल र भलाममा सामाजिक परिचालक विष्णुमाया पौडेलले कार्यक्रमको सञ्चालन गरेका थिए । कार्यक्रमका सहभागिहरुले सुचनाको हकको विषयमा पहिलो पटक तालीम लिन पाउदा खुसी लागेको भन्दै सिकेका कुरा व्यवहारमा उतार्ने प्रतिवद्धता जाहेर गरेका थिए । ४०÷४० जनाको सहभागिता रहेको तालिम शुक्रवार अर्मला,शनिवार काहु र आइतवार भलामका सञ्चालन भएको थियो ।

कमेन्टहरु
Loading...