कुमार र निरजको जोडिलाई टेनिस उपाधी

पोखार, ३० जेठ/कास्की जिल्ला टेनिस संघद्धारा आयोजित स्वर्गिय रंजित गुरुङ्ग स्मृती टेनिस

प्रतियोगितामा डबल्स तर्फको उपाधी कुमार गुरुङ्ग र निरज थापाको जोडिले
जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा सुरेन्द्र माकाजु र सुरेश श्रेष्ठको
जोडिलाई ६–३, ६–१ को सोझो सेटमा पराजित गर्दै सो उपाधी जितेको छ ।
नवप्रवेशितर्फ विनायक पालिखेले सक्क्षम विजुक्छेलाई ६–४,६–२ को सेटमा
पराजित गर्दै उपाधी आफ्नों नाम गराए । विजयी खेलाडीहरुलाई एक समारोहका
विच पुरस्कार वितरण गरियो ।
सो अवसरमा पोखराका अग्रज टेनिस खेलाडी तथा शिक्षाविद्ध जर्ज जोन,
डा.विरेन्द्रसिंह गुरुङ्ग, बरिष्ठ पत्रकार नारायण कार्की, अशोक पालिखे लगाएतले
स्वर्गिय गुरुङ्गले पोखराको टेनिस विकासमा पु¥याउनुभएको योगदानको चर्चा
गरेका थिए । साथै उहाँहरुले पोखरामा टेनिसको प्रारम्भिक दिनको संस्मरण
गर्दै पोखरामा टेनिसले उत्साहजनक सफलता हाँसिल गरेकोमा खुसि व्यक्त गरेका
थिए ।
सोहि समारोहमा बोल्दै नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष विनोद
लामिछानेले स्वर्गिय गुरुङ्गको नाममा शुरु भएको प्रतियोगिताले निरन्तर
पाउनुपर्नेमा जोड दिनुभयो । त्यस्तै, स्वर्गिय गुरुङ्गका ज्वाई खुसिमान गुरुङ्गले
प्रतियोगिताको निरन्तरताका लागि परिवारको तर्फबाट सक्दो सहयोग गर्ने
प्रतिवद्धता समेत जाहेर गर्नुभयो । कास्की जिल्ला टेनिस संघका अध्यक्ष विनोद
कायस्थले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...