तेस्रो यूनिप्स स्पोर्टस् मिटका जारी, एकतालाई दुई स्वर्ण पदक

पोखरा, ९ मंसिर/एकता एकेडेमीले युनिप्स स्पोर्टस् मिट अन्र्तगत विहिबार पोखरामा भएको उद्घाटन खेलमा दुई वटा स्वर्ण पदक जित्न सफल भएको छ । पोखरा रंगशालामा विहिबार भएको १५ सय मिटर दौड र ८ सय मिटर दौड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै दुई वटा स्वर्ण पदक जित्न सफल भएको हो ।

एकताका अनित थापा मगरले १५ सय मिटर मावि तर्फको छात्रको दौड प्रतियोगितामा प्रथम हुदै स्वर्ण पदक दिलाएका हुन । होलि एन्जलका राजन कुवंरले रजत, कालिका वोर्डिङका फिरोज श्रेष्ठले काँस्य पदक दिलाउदा वेल ननका शिव विकले शान्त्वना स्थान हासिल गरेका हुन ।

त्यसै गरी ८ सय मिटर मावि छात्रा तर्फ एकताकी रस्मी लामिछानेले स्वर्ण पदक दिलाएकी हुन । वेल ननकी सजना भण्डारीले रजत, एकताकी बिद्या पौडेलले कास्य पदक दिलाउदा स्माईल हेवनकी दिक्षा विकले शान्त्वना स्थान हासिल गरेकी हुन। त्यसै गरी ८ सय मिटर छात्रा निमावि तर्फ कालिका वोर्डिङले स्वर्ण पदक जितेको छ । कालिकाकी स्वस्तीका क्षेत्रिले स्वर्ण पदक दिलाएकी हुन । त्यसै गरी एकताकी प्रशम्सा थापाले रजत, वेल ननकी सजना थापाले काँस्य र स्माईल हेवनकी सोनु रानाभाटले शान्त्वना स्थान हासिल गरेका हुन । सुक्रबार पोखरा रंगशालामा एथ्लेटिक्सका विभिन्न चरणका खेलहरु हुने भएको युनिप्सका सचिवालय संयोजक शिव हरी सुवेदीले बताए ।

पोखरा रंगशालामा भएको मार्च पास प्रतियोगितामा वेल नन एकेडेमीलेले १२ बिद्यालयलाई पछि पार्दै प्रथम स्थान हासिल गर्यो । प्रतियोगितामा पिनाकल दोश्रो, माउन्ट हेवन तेश्रो र एकता एकेडेमी शान्तोना स्थान हासिल गरेका हुन । संस्थागत एवं निजी विद्यालय संगठन (यूनिप्स) को आयोजनामा कास्कीको लेखनाथ स्थित भण्डारढिकको खेल मैदानमा दुई दिन खेल भए पछि विहिबार देखि पोखरा रंगशालामा औपचारीक उद्घाटन भएको हो । पश्चिमाञ्चल क्षेत्रिय शिक्षा निर्देशक विष्णु प्रसाद अधिकारीले उक्त स्पोर्टस् मिट को औपचारीक उद्घाटन गर्दै बिद्यार्थीहरुको बौद्धिक विकास संगै खेलकुदको विकासको लागि यस्ता प्रतियोगिता आवश्यक पर्ने बताए।

संस्थागत एवं निजी विद्यालय संगठन युनिप्स का अध्यक्ष धुर्व गिरीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा राष्ट्रिय परिक्षा वोर्डका पश्चिमाञ्चल पोखरा प्रमुख रुद्र हरी भण्डारी, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी, हिसान कास्कीका अध्यक्ष बाबुराम पन्त, एन प्याव्सन कास्कीका अध्यक्ष रामबहादुर मोचि, खेलकुद सँयोजक विनोद नेपाली, सचिव खगेन्द्रराज भण्डारी लगायतले वोलेका थिए । युनिप्स स्पोर्टस् मिट’ मा २५ बिद्यालयका ४ सय ९५ जना खेलाडीहरुले सहभागि जनाउने यूनिप्सका सचिव समेत रहेका प्रचार विभाग प्रमुख खगेन्द्रराज भण्डारीले बताए ।

कमेन्टहरु
Loading...