सांसदको तलब वृद्धिको विरोधमा पोखरामा हस्ताक्षर संकलन

पोखरा, ९ मंसिर।सांसदहरुले आफैले आफ्नो तलबभत्ता बढाएको निर्णयको विरोध जनस्तरमा व्यापक रुपमा भएको छ । विद्यार्थी संगठन पनि विभिन्न विरोध कार्यक्रम गरी निर्णय फिर्ताको मागमा उत्रेका छन् । यसैक्रममा पोखरामा पनि अनेरास्ववियूले हस्ताक्षर संकलन अभियान कार्यक्रम नै सुरु गरेको छ । अनेरास्ववियू, भूगोल जिल्ला कमिटि कास्कीको आह्वानमा तीन दिने हस्ताक्षर संकलन अभियान विहीबारदेखि सुरु भएको हो ।

पोखराका मुख्य स्थानहरुमा तीन दिनसम्म सेतो कपडामा दुई लाख जनाको हस्ताक्षर संकलन गरी प्रमुख जिल्ला अधिकारी मार्फत व्यवस्थापिका संसद सचिवालय पठाईने अध्यक्ष शेखर गौतमले जनाए ।पहिलो दिन अमरसिंह उच्च मावि, अमरसिंहचोक र पृथ्वीचोकमा हस्ताक्षर संकलन गरिएकोमा २० हजार संकलन भएको उनले जनाए । प्रमुख अतिथि नेकपा एमाले कास्की क्षेत्र नं. २ अध्यक्ष जीवन आचार्यले सेतो कपडामा हस्ताक्षर गरी कार्यक्रमको शुभारम्भ गरेका

सांसदको तलब वृद्धिको विरोधमा पोखरामा हस्ताक्षर संकलन
सांसदको तलब वृद्धिको विरोधमा पोखरामा हस्ताक्षर संकलन

हुन् । उनले जनहितविपरीत गरिएको सांसदको तलबभत्ता वृद्धि फिर्ता गरिनुपर्ने बताए ।

केन्द्रिय सदस्य आर्शिवाद सुवेदीले जनताको आधारभूत आवश्यकताको व्यवस्था नभएको अवस्थामा सांसदको तलववृद्धि गर्नु लज्जास्पद भएको बताए । आयोजक कमिटिका अध्यक्ष शेखर गौतमले भूकम्प र नाकाबन्दीले जनता थिलोथिलो भएका बेला वेमौसमी ढंगले संसदिय अभ्यास विपरित आफ्नो तलब आफैं बढाउने सांसदहरूको गैरजिम्मेवार निर्णयविरुद्ध यो अभियान सुरु भएको बताए ।  दोस्रो दिन महेन्द्रपुल, चिप्लेढुंगा आसपास हस्ताक्षर संकलन गरिने उनले बताए ।

कमेन्टहरु
Loading...