पोखरा, ९ मंसिर ।अमेरिकी विकास नियोग युएसएआइडिको सहयोगमा ५ वर्ष देखि नेपालमा सञ्चालित हरियो वन कार्यक्रमको प्रगति समिक्षा तथा सिकाई आदान प्रदान कार्यक्रम पोखरामा शुरु भएको छ । दुइ दिनसम्म जारी रहने कार्यक्रममा हरियो वन कार्यक्रम लागु भएका देशभरका २८ जिल्लाका ३ सय जनाको सहभागिता रहेको छ ।कार्यक्रममा सहभागी बिभिन्न संस्थाका १० वटा विभिन्न स्टलहरुबाट प्रगति विवरणहरु प्रर्दशनीमा राखिएको छ ।बिहिबारबाट शुरु भएको कार्यक्रम शुक्रबार सम्म जारी रहने हरियो वन कार्यक्रमका उपप्रमुख सन्देश सिंह हमालले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी मध्यमाञ्चल क्षेत्रिय वन निर्देशनालयका निेर्देशक गणेश झाले दातृ निकायको सहयोगमा हुने यस्ता कार्यक्रमले स्थानिय स्तरमा मानिसहरुको चेतना अभिबृद्धि तथा प्राकृतिक सम्पदाको उपयोग र सम्बद्र्धनमा सहयोग पुगेको बताए ।हरियो वन कार्यक्रमका समुदाय प्रतिनिधीको तर्फबाट बोल्दै जय लक्ष्मी सामुदायिक वन उपभोक्ता समुह कञ्चनपुरका अध्यक्ष वसन्ती राना थारुले आफु जस्तो निम्न बर्गका मानिसका लागि हरियो वन कार्यक्रमले नेतृत्वगर्न तथा प्रकृति संग आश्रित सबै संग मिलेर बाँच्न सिकाएको बताए ।
कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय वन निर्देशानलयका निर्देशक धनन्जय पौडेल, डब्लु डब्लु एफ नेपालका फिल्ड कार्यक्रम निर्देशक शिवराज भट्ट, अमेरिकी विकास नियोग प्राकृतिक स्रोत व्यवस्थापन तथा जलवायु विशेषज्ञ नेत्र नारायण शर्मा सापकोटा, केयर नेपालका राष्ट्रिय निर्देशक लोरा वुन्नेनवर्ग, सामुदायिक वन उपभोक्ता महासंघ नेपालका महासचिब भारती पाठक, राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यकारी निर्देशक गंगाजंग थापा, सामुदायिक वन उपभोक्ता जिल्ला महासंघ कास्कीका अध्यक्ष कालिदास सुवेदी लगायतले बोलेका थिए ।
हरियो वन कार्यक्रमका साझेदार संस्थाहरुमा डब्लु डब्लु एफ नेपाल, केयर नेपाल, फेकोफन, एनटि एनसि रहेका छन् ।पश्चिमाञ्चल क्षेत्रिय वन निर्देशनालयका निर्देशक धनन्जय पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा हरियो वन कार्यक्रमका प्रमुख जुडी ओगलथोर्पले स्वागत गरेका थिए । दुई सत्रमा सञ्चालित कार्यक्रमको दोस्रो सत्रमा हरियो वन कार्यक्रमको मर्म मुताविकका ४ वटा नाटक ४ वटा गीत तथा बृतचित्रहरु प्रदर्शन गरिएको थियो । शुक्रवार समापन हुने कार्यक्रममा समिक्षा, अन्र्तक्रियातथा सुझाव संकलन गर्दै हरियो वन दोस्रो संस्करणका लागि कार्ययोजना सोही अनुरुप तय गरिने आयोजकले बताएको छ ।