सातौ संस्करणको पोखरा महोत्सवको तयारी तीब्र

पोखरा ०९ मंसिर ।सातौ संस्करणको पोखरा महोत्सवको तयारी तिब्र परिएको छ । युनाइटेड क्लवको आयोजनामा आगामी पुसको २९ देखि माघ १० गते सम्म अमरसिंह चौरमा हुन लागेको सातौ संस्करणको पोखरा महोत्सवको तयारी तिब्र परिएको हो । सातौ संस्करणको पोखरा महोत्सवलाई नेपाल शालिमार सिमेन्टले साथ दिने भएको छ ।पांचौ पोखरा महोत्सवदेखि साथ दिदै आएको शालिमार सिमेन्टले सातौ महोत्सवमा पनि साथ दिने भएको हो ।महोत्सवमा शालिमार सिमेन्ट संगै पोखराको रत्नचोकमा रहेको सिजी गु्रपले समेत साथ दिने भएको छ ।

सातौ संस्करणको पोखरा महोत्सवको तयारी तीब्र
सातौ संस्करणको पोखरा महोत्सवको तयारी तीब्र

बिहीबार आयोजित पत्रकार सम्मेलनमा शालिमार सिमेन्टका गण्डकी धौलागिरी बिक्रेता सिजी हार्डवेयर पोखराका सञ्चालक दिनेश प्रसाद चौधरीले सातौ पोखरा महोत्सवमा शालिमार सिमेन्टले मुख्य प्रायोजन र सिजी गु्रपले उप प्रायोजन गर्ने प्रतिवद्धता जनाए । शिक्षा, स्वास्थ्य, खेलकुद र पछिल्लो समय पोखरामा चिडियाखाना निर्माण संगै सेती नदी संरक्षणमा पहलकदमी गर्दै आएको युनाइटेड क्लवले आफ्नो सातौ पोखरा महोत्सवलाई भब्य र सभ्य ढंगले सम्पन्न गर्नका लागी तीब्र गतीमा तयारी गरिरहेको क्लवमा महासचिव तथा महोत्सवका प्रचारप्रसार उपसमिती संयोजक राजु श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार सातौ संस्करणको पोखरा महोत्सव अघिल्लो संस्करण भन्दा भिन्न तरिकाले सञ्चालन गरिने छ । पोखराको अमरसिंह चौरमा हुने महोत्सवमा २ सय भन्दा वढी स्टलहरु रहने छ । महोत्सवमा विभिन्न ख्याती प्राप्त कलाकारहरुद्धारा प्रस्तुती, लाइभ कन्सर्ट, विभिन्न जातजातिको झाकी प्रदर्शनी, वाल उद्यान, अटो, हस्तकला प्रदर्शनी लगायत विभिन्न मनोरन्जनात्मक गतिबिधीको आयोजना गरिने छ । महोत्सवमा बिहीबारदेखि स्टल बुकिङ खुल्ला गरिएको छ । महोत्सवमा हस्तकला, अटो, नर्सरी, तयारी पोशाक, चमेना गृह, पर्यटन प्रवद्र्धन सम्बन्धी गरि २ सय वढी स्टल रहने र स्टल बुकिङ खुल्ला भएको क्लवका सहकोषाध्यक्ष तथा महोत्सवका स्टल ब्यवस्थापन उपसमितीका संयोजक कृष्ण बहादुर थापा मगरले वताए ।

सातौ संस्करणको महोत्सवबाट लेखनाथमा निर्माणाधिन अवस्थामा रहेको चिडियाखानाका लागी, २० प्रतिशत, शिक्षा, स्वास्थ्य, र खेलकुदमा जनही २० प्रतिशत रकम छुट्याइने समेत श्रेष्ठले जानकारी दिए । त्यसैगरी पांचौ पोखरा महोत्सवबाट सेती नदी संरक्षणका लागी छुट्याइदै आएको प्रति टिकटबाट यो वर्षपनि एक रुपैया छुट्याइने भएको छ ।महोत्सवमा १ करोड ५ लाख  आम्दानी र ६७ लाख खर्च गरि ३८ लाख आम्दानी गर्ने लक्ष्य राखेको महोत्सवमा प्रवेशका लागी सर्वसाधारणलाई ८० र विद्यार्थीलाई ५० रुपैया टिकटदर कायम गरिएको महोत्सवका अर्थ तथा टिकट ब्यवस्थापन उपसमितीका संयोजक तथा कोषाध्यक्ष गणेश तिमिल्सिनाले वताए ।

पोखरा महोत्सव पोखराकै उत्कृष्ट महोत्सवमा गनिने भएकाले सातौ संस्करणको महोत्सवमा सुरक्षाको हिसावले विभिन्न किसिमले निगरानी गर्ने ब्यवस्था गरिने महोत्सवका सुरक्षा ब्यवस्थापन उपसमितीका संयोजक तथा क्लवका द्धितिय उपाध्यक्ष लोक बहादुर थापाले वताए । महोत्सव पोखरामा हुने महोत्सवहरु मध्ये सफल महोत्सव पोखरा महोत्सव हुने भएकाले यसलाई सफल बनाउनका लागी विभिन्न उपसमितीहरु निर्माण भइसकेको र यसले तीब्र गतिमा काम गरिरहेको महोत्सवका संयोजक तथा युनाइटेड क्लवका अध्यक्ष सुक बहादुर गुरुङले वताए ।  महोत्सवका सचिवालय उपसमिती संयोजक क्लवका उपाध्यक्ष लालकाजी गुरुङले स्वागत मन्तब्य राखेको कार्यक्रममा पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले समेत मन्तब्य राखेका थिए ।

कमेन्टहरु
Loading...