मोटर साइकलबाट सिक्री लुट्ने समूह फेरि सक्रिय

काठमाडौ, ९ मंसिर/ पल्सर मोटरसाइकलमा सवार दुईजना हुइँकिएर आउँछन्, महिलाले लगाएको सिक्री र पैसा भएको पर्स । पीडित र सर्वसाधारणले हुलिया र मोटरसाइकलनको नम्बर थाहा नपाउँदै फरार हुन्छन् ।

अचम्म उपत्यकाको सुरक्षाका लागि जडित करिब तीन सय क्लोज सर्किट क्यामेरामा समेत लुटेरा समूह कैद हुन सकेको छैन ।
काठमाडौं उपत्यकामा शुक्रबार यता यस्तै घटना भइरहेको छ । महानगरीय प्रहरीले महिलाले लगाएका सिक्री र बोकेको नगद लुटपाटमा नयाँ समूह सक्रिय भएको जनाएको आजको नागरिक दैनिकमा समाचार छ ।

महानगरीय प्रहरीका अनुसार शुक्रबार यता सक्रिय समूहको निसानामा बुधबारसम्म पाँच महिला परिसकेका छन् । प्रहरीले असार १२ मा यस्तै लुटेरा समूहलाई पक्राउ गरेपछि पाँच महिना शान्त रहेको उपत्यकामा नयाँ समूहको आतंक बढेको छ ।
पोखरामा पनि केही समय पहिले यस्तै घटना घटेका थिए ।

कमेन्टहरु
Loading...