सेती बाढीको सुचना दिइ सयौंको ज्यान बचाउने म्याक्सिमोभ रहेनन्

सागर राज तिमिल्सिना
पोखरा, ८ मंसिर/हुन त उनी नेपालमा जन्मिए हुकेका हैनन् तर पनि उनीको नेपाल र नेपालीको सँग सम्बन्ध नेपालीको भन्दा कम थिएन । पोखरामा १४ वर्ष देखि अल्ट्रालाइट उठाउदै आएका रसियन पाइल अलेक्जेण्डर म्याक्सिमोभको । तर बुधबार ड्रागन फ्लाइटको जहाजमा दुर्घटनामा परी उनको निधन भएको छ । उनी निकै अनुभवि पाइलट हुन् ।

उनले रसियामा जन्मे हुके पनि उनले पोखरा बासीलाई ठुलो गुन लगाएका छन् । २०६९ साल बैशाख २३ गते गएको सेती बाढीका बेला उनै अलेक्जेण्डर म्याक्सिमोभले बाढी आएको जानकारी दिएका थिए । सधैंजस्तै उनी एभियाको जहाजमा पर्यटकलाई घुमाउन हिमाली दृश्या अवलोकनका लागि माछापुच्छे हिमाल नजिक जादाँ माथीबाट बाढी आएका देखे पछि जानकारी दिएका थिए ।

अलेक्जेण्डर म्याक्सिमोभ
अलेक्जेण्डर म्याक्सिमोभ

उनले विमानस्थल टावरलाई रेडियो कम्युनिकेसन मार्फत खबर दिएका थिए । उनले पोखरा विमानस्थलको टावरमा माछापुच्छ्रेतिरबाट आएको पहिरो सेती नदीमा पुगेको जानकारी दिए । त्यस पछि विमानस्थल संचारमाध्यमलाई जानकारी पछि सर्वसाधारणलाई सेती नदिबाट अन्यत्र जान भनिएको थियो । ‘चारैतिर हेर्दै, उडिरहेको थिए,’ म्याक्सिोभले भनेका थिए, ‘एकाएक माछापुच्छ्रे क्षेत्रमा पहिरो देख, एकदमै आत्तिएँ, तुरुन्तै त्यहाँबाट बायाँ घुमेर सुरक्षित स्थानतर्फ लागेर खबर गरे ।’

उनले अरु बेला थोरै पानी बग्ने सेतीमा त्यतिबेला बाढीको वेग र उचाइ निकै बढी थियो । बाढीले सेती नदि वरपरको वनका रूख, र वस्तुहरू बगिरहेका थिए । सेती बाढिमा पनि करिब ५० जनाले ज्यान गुमाएका थिए भने कति बेपत्ता भएका थिए । उनले बाढीको खबर नदिएको भए त्यस बेला धेरैले ज्यान गुमान सक्ने शुरक्षा निकायको अनुमान थियो ।

पहिलो नेपाली डाँफे जहाज उठाउदै अलेक्जेण्डर म्याक्सिमोभ तस्विर ः सुर्दशन रञ्जित
पहिलो नेपाली डाँफे जहाज उठाउदै अलेक्जेण्डर म्याक्सिमोभ तस्विर ः सुर्दशन रञ्जित

उनी पोखरामा बसेर अल्ट्रालाइट उडाउने मात्रै कामका अलावा पाइलट उत्पादमा पनि उनको योगदान छ । उनले नै सिकाएका केही पाइलटहरुले अहिले पोखरामा अल्ट्रालाइट उठाउदै आएका छन् । करिब ६५ बसन्त पार गरेका उनी पाइलट उत्पादनमा व्यस्त थिए । सरकारले पाइटलका उमेरहद ६० वर्षबाट बढाए पछि उनी पुन काममा फर्किका थिए । अहिले अल्ट्रालाइट उठाउन सरकारले ६७ वर्षको उमेर हदतय गरेको छ । ‘निकै राम्रा पाइल थिए,’ फिस्टेल अल्ट्रालाइटका पाइलट अंकित बोहोराले भने, ‘लामो समय देखिको अनुभव भएका म्याक्सिमोभबाट हामीले नि धेरे सिकेका थियो ।’ उनले उनी एक लगन सिल र अनुभववी पाइलट भएको बताए ।

म्याक्सिमोभले पोखरा र नेपालका लागि अर्को ऐतिहासीक काम पनि गरेका थिए । उनले पहिलो नेपाली जहाज डाँफेलाई नेपाली आकाशमा उठाएका थिए । पोखराका यूवा बैज्ञानिक विकास पराजुली नेतृत्वको टोली निर्माण गरेको डाँफे जहाजलाई उनैले पोखराको आकाशमा उडाएका थिए । पोखरा बिमानस्थलमा १५ फिट माथि सम्म उठाएर नेपाली जहाजको परिक्षण उठान सफल बनाएका थिए ।

कमेन्टहरु
Loading...