नेशनल क्रियशनमा खेलकुद कार्यक्रम शुरु

मंसिर ८,पोखरा ।पोखरा–नागढुृङ्गास्थित नेशनल क्रियशन एकेडेमीमा वार्षिक खेलकुद कार्यक्रम शुरु भएको छ । विद्यार्थीहरुमा रहेको खेल कौशलतालाई थप निखार्दै उनीहरुलाई खेलकुदतर्फ पनि आकर्षित गर्न विद्यालयले आयोजना गरेको खेलकुद कार्यक्रम अन्र्तगत पहिलो दिन एथलेटिक्सतर्फ छात्रा ८ मिटर दौडमा कक्षा ८ कि विनिता लामिछाने तथा छात्रतर्फ कक्षा ८ कै नरेश लम्साल प्रथम भए ।

localhost/websites/bibek
ganthan.com

त्यसैगरि सय, २ सय र ८ सय मिटरका दौड पनि सम्मिलित गरिएको छ । कार्यक्रममा छात्र तथा छात्रातर्फ फुटवल, भलिवल, व्याडमिण्टन, टेबुल टेनिस, एथलेटिक्समा हाइजम्प, लमजम्प लगाएतका इभेण्टहरुमा प्रतिस्पर्धा गराइने खेलकुद कार्यक्रम संयोजक विक्रम बहादुर थापाले जानकारी दिए । विद्यालका प्रधानाध्याप ज्ञानेन्द्रबहादुर थापाको अध्यक्षतामा त्रि दिवशिय खेलकुद कार्यक्रम शुरु भएको हो ।

कमेन्टहरु
Loading...