गरिमा विकास बैंक दशौं वर्षमा

पोखरा, ८ मंसिर /पोखराको महेन्द्रपुलमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेड मंगलबार देखी दशौं वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो दशौं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

बैकको सामाजिक उत्तरदायित्व अन्तरगत केन्द्रीय कार्यालय हातामा सम्पन्न रक्तदान कार्यक्रममा ६३ युनिट रगत संकलन भएकोे बैकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए । बैकका अध्यक्ष दिलिप प्रताप खाण, संचालकहरु, कर्मचारी, शेयरधनी, ग्राहक र सर्वसाधारणको सहभागितामा संकलन गरिएको ६३ युनिट रगत, रक्त संचार केन्द पोखरालाई हस्तान्तरण गरिएको जनाइएको छ ।

साविकको गरिमा विकास बैंकमा साविक निलगिरि विकास बैंक र शुभेच्छा विकास बैंक गाभिई बनेको यस गरिमा बिकास बैंकको १२ अर्ब निक्षेप तथा कर्जा लगानी ११ अर्व २५ करोड रहेको छ । बैंकले केन्द्रीय कार्यालय सहित ३८ शाखा कार्यालय मार्फत ग्राहकलाई आधुनिक वित्तीय सेवा प्रदान गर्दै आएको बैकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए ।

कमेन्टहरु
Loading...