झरनालाई चर्चित खेलाडी उपाधी जिताउन सहयोग समिति

सागर राज तिमिल्सिना
पोखरा, २९ जेठ/नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्टस् अवार्ड अन्तरगत २०६९ को चर्चित खेलाडीको मनोनयनमा परेकी झरना गुरुङ्गलाई उपाधि दिलाउन पोखरामा सहयोग समिति गठन भएको छ । काठमाडौमा प्रशिक्षणमा रहेकी झरना भोटमाग्नका लागी केहि दिन अगाडी पोखरा आएकी थिइन् । उपाधी जिताउन खगेन्द्र गौचनका संयोजकत्वमा समिति गठन भएको छ ।
पोखरामा बुधबार भएको एक भेलाले गौचनको संयोजकत्वमा १२ सदस्यीय सहयोग समिति गठन भएको हो । समितिको सदस्यहरुमा मनोज गुरुङ, ललित गुरुङ, रिता गुरुङ, अरुण दत्त, विरेन्द्र गहतराज, सुरेन्द्र गुरुङ, दीपक गोदार, वगर भाईखलक, विनोद लामिछाने, तमु छोंजो धिँको तर्फबाट भुपाल गुरुङ र मेख तामाङ रहेका छन ।

सहयोग समितिको सल्लाहकारमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष दीपक कोईराला, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष सुमन देवकोटा, यूवराज कुँवर, देवेन्द्र शेरचन, विद्या मर्सानी, सन्चारकर्मि दीपेन्द्र श्रेष्ठ, शिरोमणी वराल, श्याम कुँवर, रामप्रसाद गुरुङ, राजबहादुर गुरुङ, त्रिभूवन पौडेल, तमु धिँ नेपाल कास्की र गंगाधर पराजुली रहेका छन् ।
समिति गठन कार्यक्रमा पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष दिपक कोइराला, कास्की खेलकुद विकास समितिका अध्क्षय सुमन देवकोटा, संयोजक गौचन, संचारकर्मि दिपेन्द्र श्रेष्ठ लगाएले पोखराले यस अगाडी दुई जनालाई जिताइ सकेको बताउदै झरनालाई पनि जिताए र ह्याटीक गर्नु पर्ने बताएका थिए । यस अघि पोखरेली चेली मन्जु गुरुङ र सिपोरा गुरुङलाई अवार्ड जिताएका पोखरेलीहरुले झरनालाई समेत जिताउनु पर्ने उनिहरुको भनाई थियो ।

सहयोग समिति गठन भएकै दिन करीब ३० हजार रुपैयाँ सहयोग रकम संकलन भएको छ । भेलामा दीपेन्द्र श्रेष्ठ १ हजार ५, हाम्रो ससेज हाउस नदीपुर पोखराको तर्फबाट दिननाथ वरालले १ हजार, विजय महर्ज ३ हजार, बृजमान गुरुङ १ हजार, मञ्जु गुरुङ १ हजार, लागु पदार्थ उपचार केन्द्र पोखराको तर्फबाट २ हजार, विरेन्द्र गहतराज २ हजार, राजबहादुर गुरुङ १ हजार, राजु श्रेष्ठ १ हजार, जुमप्रसाद गुरुङ १ हजार, हरीप्रसाद गुरुङ १ हजार, विकास गुरुङ १ हजार, ललित गुरुङ २ हजार ५ सय, मेख तामाङ १ हजार प्रदान गर्नुभएको छ । त्यस्तै, टोल सुधार समिति पार्दी विरौटाबाट १० हजार रुपैयाँ प्राप्त सहयोग गरेका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्टस् अवार्ड अन्तरगत २०६९ को चर्चित खेलाडीको मनोनयनमा परेकी झरना गुरुङ्ग भोट माग्दै पोखरामा व्यस्त भएकी छन । उनले चर्चित खेलाडी मनोनयनम परेकोमा खुसि व्यक्त गर्दै सबै पोख्ररेलीको सहयोग आवश्यक रहेको बताइन् । कास्कीको ल्वाङघलेल गाविसमा जन्मिएकी झरनाले यो वर्ष भियतनाममा भएको एशियन उस्सु च्याम्पियनशिपमा नेपालका लागी कास्य पदक जिताएकी थिइन् । जुन नेपालले हाल सम्म उस्सुमा पाएको सबैभन्दा ठुलो उपाधी हो । क्यसकोसियन कराँतेबाट खेल जिवनको आरम्भ गरेकि झरना राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा उस्सुले चिनिन्छीन् । छैटौ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण जितेकी थिइन् । ११ औ दक्षिण एशियाली खेलकुद प्रतियोगितामा पनि उनले कास्य पदक जितेकी थिइन् । उनी कास्की बर्ष खेलाडी २०७० बाट समेत सम्मानित भईसकेकि छन।

खेलाडीलाई सामाजिक सञ्जाल फेसबुकमार्फत २० प्रतिशत र एसएमएस मार्फत ८० प्रतिशत अंकभारका रुपमा गणना गरिने बढि अंक ल्याउनेलाई चर्चित खेलाडी घोषणा गरिने छ । झरनालाई भोट गर्न उगकिबच टाइप गरि स्पेस दिएर वन टाइप गरेर ३१३१ मा भोट गर्न गकिने छ ।

कमेन्टहरु
Loading...