पोखरा, ७ मंसिर/रेडियो जननी ९०.६ को आयोजना र जिल्ला विकास समिति कास्कीको सहयोगमा ढिकुरपोखरी गा.बि.स.मा २ दिने उद्यमशिलता तथा वातावरणमैत्री सिप हस्तान्तरण तालिमको सकिएको छ ।
समापन कार्यक्रममा ढिकुरपोखरी गा.बि.स.का गा.बि.स.सचिव थानेश्वर ढुंगानाले खेर जाने वस्तु बाट माला, ब्याज बनाएर यँहाका महिलाहरुले आयआर्जन गर्न पाउने भएकोले यो तालिम राम्रो भएको बताए । उनले जबसम्म नारीलाई आर्थिक स्वतन्त्रता दिईदैंन तबसम्म शान्ति नहुने बताउँदै महिलाहरुलाई सिपको सदुपयोग गर्न आग्रह गरे ।
रेडियोकी अध्यक्ष हिरा भट्टराईले सिप सिकेर व्यवहारमा उर्तानु पर्नेमा जोड दिइन् । उनले सिप सिकेर हस्तकला उद्योग खोल्न सुझाव दिइन् । रेडियोकी स्टेशन मेनेजर बिमला भण्डारीले अन्य क्षेत्रमा धेरै तालिम दिईसकेको बताउँदै ढिकुरपोखरी गा.बि.स.का महिलाहरु पनि तालिमबाट लाभान्वित हुने उदेश्यले तालिम दिएको बताइन् । ढिकुरपोखरी गाविसका ९ वटा वडाका ३० जना महिलाहरुको सहभागिता रहेको थियो ।