प्याब्सन कास्कीको अधिवेशन मंसिर दोस्रो साता

पोखरा, ७ मंसिर/ प्याब्सन कास्कीको मंसिर १२ गते पोखरामा हुने १७ औ अधिवेशनको तयारी पूरा भएको छ। अधिवेशनका लागि गर्नुपर्ने सवै तयारी पूरा भएको छ प्याब्सन कास्कीका अध्यक्ष चिनु रानाभाटले भने – ‘अधिवेशनलाई सभ्य र भव्य बनाउने गरी तयारी गरेका छौ।’ उनले एकै दिन उद्घाटन र बन्द सत्र सहित निर्वाचन पनि गरिने जानकारी दिए।

राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव सूर्यप्रसाद गौतमले अधिवेशनको उद्घाटन गर्ने छन्। त्यस्तै प्याब्सनका केन्द्रीय अध्यक्ष लक्ष्यबहादुर के.सी लगायतको सहभागिता रहने बताइएको छ। अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने भएका कारण प्याब्सनमा आवद्व विद्यालय सञ्चालकलाई चुनावी सरगर्मीले छोएको छ। अधिवेशनले एक अध्यक्ष, दुई उपाध्यक्ष, एक सचिव, एक कोषाध्यक्ष, दुई सहसचिव, एक सह कोषाध्यक्ष र १९ सदस्य चयन गर्ने छ।

प्याब्सन कास्कीमा एक सय दुई वटा निजी विद्यालय आवद्व छन्। अहिलेको कार्य समितिको कार्यकाल तीन वर्ष रहेपनि अव बन्ने कार्य समिति दुई वर्षका लागि हुने छ। विद्यान शंसोधन गरी कार्य समितिको कार्यकाल एक वर्ष घटाइएको छ। प्याब्सन कास्कीका अध्यक्ष चिनु रानाभाटले आफ्नो कार्यकालमा कास्कीमा शैक्षिक गतिविधिलाई प्रभावकारी बनाउन सकेको उल्लेख गरे।

निजी विद्यालय र शैक्षिक सरोकार निकायवीच सुमधुर सम्वन्ध बनाउन सके उनले भने – ‘यसलाई ठूलो उपलब्धि ठानेको छु।’
उनले प्याब्सन कास्कीले भुकम्प प्रभावितका लागि ५० लाख रुपैया सहयोग गर्नुको साथै नाकाबन्दिको समयमा भारतबाट इन्धन ल्याएर समेत विद्यालय सञ्चालन गरेको बताए। त्यस्तै, विद्यालयका संस्थापक, शिक्षक र चालकका लागि समेत तालिम, अभिमुखिकरण जस्ता कार्यक्रम गरेको छ। विद्यार्थीका लागि खेलकुद महोत्सव लगायतका अतिरिक्त क्रियाकलापमा समेत जोड
दिइएको उनको भनाई छ।

कमेन्टहरु
Loading...