बास्तोला कम्प्लेक्समा हुने दोस्रो सस्तो व्यापार मेला तयारी तिब्र

पोखरा, ७ मंसिर/पोखराको पृथ्वीचोकस्थित बास्तोला कम्प्लेक्समा मंसिर ९ गतेदेखि १५ गतेसम्म हुने दोस्रो सस्तो व्यापार मेला तयारी तिब्र पारेको छ । संस्कृतिको माध्यमबाट पोखराको समग्र विकासलाई ध्यान दिँदै यस क्षेत्रमा रहेका विपन्न निम्न आय भएका र नव उद्यमशील उद्यमीहरुको आर्थिक वृद्धि तथा समृद्धिको लागि उत्कृष्ट बजार स्थापित गर्न कम्प्लेक्समा दोस्रो सस्तो व्यापार मेला आयोजना गरेको सञ्चालक एवं मेला संयोजक माधव बास्तोलाले जानकारी दिए ।

सोमबार पोखरा आयोजीत पत्रकार सम्मेलनमा बास्तोलाले विभिन्न जिल्लाहरुमा उत्पादित वस्तुको प्रवद्र्धनका साथै एकै थलोमा वस्तुको पहिचान र सेवालाई उपभोक्ता सम्म पु¥याउने, कम्प्लेक्स भित्रको व्यवसायको प्रवद्र्धन, साहित्य कला र संस्कृतिको प्रचारप्रसारका साथै आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य मेलाको छ ।

मेलामा स्थानीय तथा घरेलु सामग्रीहरुको प्रचारप्रसार तथा प्रवद्र्धन र कृषि तथा उत्पादित वस्तुको बजारीकरणमा मेलाले सहयोग पु¥याउने उनले बताए ।मेलाको आकर्षणमा मेलामा लोक दोहोरी धमाका, नवप्रतिभाको खोजी अभियान अन्तर्गत खुल्ला नृत्य प्रतियोगिता ९प्रदेश तारा०, विश्वका विभिन्न ठाउँमा पाइने सबै प्रकारका कुकुरको प्रदर्शनी, हिरादेखि जिरासम्म र नुनदेखि सुन सम्मका सम्पूर्ण सामान एकै थलोमा पाइने र कृषि प्रदर्शनी रहेको छ । तीन करोड लागतमा निर्माण भएको कम्प्लेक्समा ३ सय २० सटर छन करिब १८ लाख खर्च लाग्ने अनुमान गरिएको मेलाको १ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

मेला अवधिमा कम्प्लेक्स भित्रका पसलमा सामान खरिद गर्दा विशेष छुटको व्यवस्था गरिएको छ ।बास्तोला कम्प्लेक्स माधव बास्तोला, बलराम बास्तोल, उमराज बास्तोला र बाबुराम आचर्याले सञ्चालनमा ल्याएका हुन् । कम्प्लेक्समा वाइफाइ र सिसि क्यामेराको व्यवस्था, पर्याप्त पर्किङको सुविधा लगायतका विशेषता छ । कम्प्लेक्स शुभारम्भ एवं दसैंको अवसर पारेर पहिलो सस्तो व्यपार मेला एवं लोक दोहरी धमाका असोज १८ गते देखि २२ गते सम्म भएको थियो ।

कमेन्टहरु
Loading...