पोखरा, ६ मंसिर /पोखराको फिर्के खोलामा लगाएको फलामे रेलिङ र सडकमा रगतको टाटो देखेपछि प्रहरीले अनुसन्धान थालेको छ ।
पोखराको सिद्धार्थ चोक र प्रस्याङ जोड्ने फिर्के खोला माथिको विच बाटोका बनाएको फलामे रेलिङमा रगत नै रगत थियो । त्यो रगत प्रस्याङ तर्फ करिब ५ सय मिटर सम्म रगतको धारो रहेको प्रहरीले जानकारी दिएको छ । आइतबार राती भएको घटना के हो भनेर पत्ता लगाउन प्रहरीले अनुसन्धान थालेको हो ।
सोमबार विहान स्थानीले फलामे रेलिङ र सडकमा रगतको टाटो देखेपछि प्रहरीलाई खबर गरेका थिए । बैदाम प्रहरी र जिल्लाबाट आएको टोली रगतको नमुना लैजानको साथै फिर्के खोलामा खोजतास समेत गरेको थियो ।
‘राती अध्ययरोमा सडकमा लडेर चोट लागेका कारणले रगत बगेको हो की अन्य कारण,’ अनुसन्धान भईरहेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरिक्षक मोहनमणी अधिकारीले भने, ‘कसैले एक्लै पारेर कुटपिट गरेको पनि हुन सक्छ ।’ उनले अनुसन्धान भईरहेको बताए ।