फेवाताल किनारमा लालुपाते

पोखरा ६ मंसिर/ पोखराको पर्यटकीय केन्द्र फेवाताल किनारामा लालुपातेका १ सय २० विरुवा रोपिएको छ ।सामुदायिक प्रहरी सेवा केन्द्र बैदाम तथा सामुदायिक सेवा केन्द्रको आयोजना र डेनियल संस्थाको सहयोगमा लालुपातेका विरुवा रोपिएको हो ।

फेवातालई थप सुन्दर बनाउन विरुवा रोपिएको सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष भीम पराजुलीले बताए । ‘फेवाताल, माछापुच्छे र लालुपाते यहाँको पहिचान हो, त्यसलाई जोगाउन रोपिएको हो ।’  अध्यक्ष पराजुलीले फेवाताललाई अझ आकर्षक बनाउन केन्द्र लागिपरेको बताउदै बैदामबासी सवैको सहयोग र साथ अपरिहार्य रहेको बताए ।

विरुवा कोरियान नागरिक डेनियलले उपलब्ध गराएका हुन् । उनले फेवाताल अवलोक गर्न आउनेहरुले जथाभावी फोहोर नफालनु भनेर डस्विन समेत फेवाकिनारमा राखेका छन् । उनले हल्लनचोक क्षेत्रमा साता ओटा डस्विन उपलब्ध गराएका हुन् । बृक्षारोपण कार्यक्रममा बैदामका आमा समुह,टोलविकास संस्था, राजनीतिक पार्टी, युवा क्लब, सुरक्षा निकाय सवैको उल्लेख्य सहभागीता रहेको थियो । कार्यक्रममा युवा संघ पोखरा ६ बैदामका युवाले १ सय २० खाल्टा खनेर सहयोग गरेका थिए ।

कमेन्टहरु
Loading...