टप्स र वालकल्याण माविलाई वास्केटवलको उपाधि

पोखरा, ६ कात्तिक/पोखरामा सोमबार सम्पन्न भएको १४ औं संस्करणको जेपि क्रस अन्तरबिद्यालय वास्केटवल प्रतियोगिता अन्र्तगत डिफेिण्डङ च्याम्पियन टप्स माविले छात्रा तर्फ र वालकल्याण माविले छात्र तर्फ उपाधि जित्न सफल भएका छन ।

पोखरा रंगशालाको वास्केटवल कोर्टमा सोमबार भएको छात्रा तर्फको फाईनल खेलमा टप्सले माउन्ट अन्नपुर्ण उच्च माविलाई १४ को बिरुद्ध २० स्कोरले पराजित गर्दै यस बर्ष पनि उपाधि रक्षा गर्न सफल भएको हो । तेश्रो स्थानको लागि भएको खेलमा मनकामना वोर्डिङ स्कुलले लिटिल स्टेप उच्च माविलाई २२ को बिरुद्ध २७ स्कोरले पराजित गरेको हो ।

डिफेण्डिङ च्यासम्पियन माउन्ट अन्नपुर्णलाई वालकल्याण उच्च माविले छात्र तर्फको फाईनल खेलमा ४१ को बिरुद्ध ४५ स्कोरले पराजित गर्दै उपाधि जितेको हो । तेश्रो स्थानको लागि भएको खेलमा कुमुदीनिहोम्स उच्च माविले टप्सलाई ३४ को बिरुद्ध ३८ स्कोरले पराजित गर्यो ।  प्रतियोगितामा उत्कृष्ट खेलाडी छात्रा तर्फ टप्सकी ममता डगौरा र छात्र तर्फ उत्कृष्ट खेलाडी वालकल्याणका ईर्रभिङ गुरुङ घोषित भए ।

उनीहरुको हौसला स्वरुप राष्ट्रिय खेलाडी तेजेन्द्र पुनले जनहि १ हजार ५ सय रुपैया पुरस्कार दिएका हुन । त्यसै गरी मस्ट अफेन्सिप छात्रा तर्फ माउन्ट अन्नपुर्णका कृष्णा फगामी, छात्रतर्फ सोहि ईभेन्टमा माउन्ट अन्नपुर्णकै सुमन तिलिजा, मस्ट डिफेन्समा छात्रा तर्फ टप्सकी रेम्मा तिवारी, सोहि ईभेण्टमा छात्र तर्फ भने वालकल्याणका अन्जन नेपाल घोषित भए । उनीहरुलाई ट्रफि प्रदान गरीएको थियो । प्रतियोगितामा विजेतालाई १०÷१० हजार, उपविजेतालाई ६÷६ हजार र तेश्रो हुनेलाई ४÷४ हजारको साथमा ट्रफि मेडल प्रमाण पत्र वितरण गरीएको संघका सचिव ध्वज कुमार गुरुङले बताए ।

विजेता खेलाडीहरुको टोलीलाई समाजसेवि तथा प्रतियोगिताका मुख्य प्रायोजक कर्णेल जेपि क्रस, नेपाल ह्याण्डवल संघका अध्यक्ष तेज बहादुर गुरुङ, नेपाल वास्केटवल संघका केन्द्रीय उपाध्यक्ष जुम प्रसाद गुरुङ, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यम बहादुर गुरुङ, सल्लाहकार तथा पोखरा उपमहानगरपालीका कार्यालयका कानुनि अधिकृत नारायण शर्मा, संघ कास्कीका अध्यक्ष नेत्र बहादुर शेनले लगायतले पुरस्कार वितरण गरेका थिए । मंसिर २ देखि उक्त प्रतियोगिता पोखरामा संचालन भएको थियो ।

कमेन्टहरु
Loading...