गोरखा कालिका स्टोर्स सिद्धार्थचोकमा

पोखरा, ६ मंसिर / पोखराको सिर्जनाचोकमा सञ्चालित गोरखा कालिका स्टोर्स सिद्धार्थचोकमा सरेको छ । बिस्तारित सेवा सुविधा सहित स्टोर्स सिद्धार्थचोकमा सञ्चालनमा ल्याइएको सञ्चालक भरत भट्टले जानकारी दिए ।

सिद्धार्थचोकमा एक रोपनी जग्गामा स्टोर्स फैलिएको छ । करिब २ करोड ५० लाख रुपैयाँ लगानीमा स्टोर्स सञ्चालनमा आएको उनले बताए । सम्पूर्ण प्रकारका खाद्यान्न, गिफ्ट आइटम तथा कस्मेटिक सामान एउटै छानामुनी सस्तो मूल्यमा ग्राहकलाई उपलब्ध गराइरहेको भट्टले जानकारी दिए ।

स्टोर्समा १५ जनाले रोजगारी पाएका छन् । स्टोर्स सञ्चालनको अवसरमा विशेष छुटमा सामान बिक्री भइरहेको बताइएको छ । मंसिर महिनाभरी ग्राहकलाई छुट प्रदान गरिने उनले बताए । ‘सबै बर्गका ग्राहकलाई लक्षित गरी स्टोर्स सञ्चालनमा ल्याइएको हो,’ उनले भने, ‘पूर्ण पारिवारिक वातावरणमा सेवा प्रदान गर्छौं ।’

स्टोर्ससँगै भट्टले फास्टफुड रेष्टुरेन्ट सञ्चालनको तयारी गरिरहेका छन् । उद्यममा विशेष रुची राख्ने उनले सेवालाई सधैं ग्राहकमैत्री बनाउने धारणा राख्छन् । पोखराका तथा आसपासका ग्राहकहरु स्टोर्समा आएर सपिङ गर्नेमा आफू विश्वस्त रहेको उनले बताए ।

कमेन्टहरु
Loading...