कास्की जिल्ला क्षेत्रीय फुटबल प्रतियोगिताको च्याम्पियन

पोखरा, २९ जेठ। कास्की जिल्लाको सैनिक आवासीय महाविद्यालय पोखरामा सञ्चालित प्रथम राष्ट्रिय विद्यालय खेलकुद–२०७० जुनियर च्याम्पियनसीपअन्तर्गत क्षेत्रीय मावि फुटबल प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको छ। जीतसँगै छात्रतर्फ कास्कीको सैनिक आवासीय महाविद्यालय र छात्रातर्फ गण्डकी बोर्डिङ स्कुल राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगितामा सहभागिता जनाउने अवसर पाएका छन्। राष्ट्रिय प्रतियोगिता यही जेठ ३१ गतेदेखि काठमाडौंमा सञ्चालन हुँदैछ।

DSC05192प्याब्सन कास्कीको आयोजनामा बुधबार पोखरा रड्डशालामा भएको फाइनलमा तनहुँको सत्यवती उमाविलाई टाइब्रेकरमा ५–३ ले पराजित गर्दै कास्कीको सैनिक आवासीय महाविद्यालय क्षेत्रीय फुटबल प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको हो। जिल्लास्तरीय प्रतियोगितामा पनि गण्डकी बोर्डिङ स्कुललाई टाइब्रेकरमै पराजित गर्दै सैनिक स्कुल च्याम्पियन बनेको थियो। निर्धारित ३५–३५ मिनेट तथा अतिरिक्त ५– ५ मिनेटको समय गोलरहित बराबरीमा टुड्डिएपछि खेल टाइब्रेकरमा पुगेको थियो। कास्कीका पाँचै प्रहार सफल रहे भने तनहुँका चारमात्र।

टाइब्रेकरमा ४–३ को अवस्थामा तनहुँका प्रवीन खत्रीको चौथो प्रहार बारमा लागेर फर्किएलगत्तै कास्कीका प्रज्ज्वल स्याङ्तानले निर्णायक प्रहारलाई गोलमा परिणत गरेपछि कास्कीको भाग्य खुलेको हो। कास्कीका इन्द्रबहादुर आलेमगर, सुजन विक, ज्ञानेन्द्र खड्का, बुद्धि लामछिाने र प्रज्ज्वल स्याङ्तानको प्रहार गोलमा परिणत भए। तनहुँका ऋषिराम रानाभाट, पवीन गुरुङ, कपिल थापाको प्रहार गोलमा परिणत भए पनि प्रवीन खत्रीको प्रहारले गोलको दिशा लिन सकेन।

यस्तै कराँतेतर्फ छात्रा २५ केजी तौलसमूहमा स्टेप बाइ स्टेप उमावि कास्कीका सवीना विक, ४० केजी तौल समूहमा न्यू मुनलाइट बोर्डिङ स्कुल कास्कीका विपना आचार्य, ४५ केजी तौल समूहमा बालमन्दिर मावि कास्कीका रूविष्का तामाङ, ५० केजी तौलसमूहमा बिना घर्ती र एकल कातामा बालमन्दिर मावि कास्कीकै रूविष्का तामाङ राष्ट्रिय प्रतियोगिताको लागि छनौट भएका छन्।

छात्र ३७ केजी तौलसमूहमा नीलगिरि बोर्डिङ स्कुल कास्कीका अभिनाश लामा, ४२ केजी तौल समूहमा रिभरडेल स्कुल कास्कीका कृष्ण केसी, ४७ केजी तौल समूहमा पोखरा एकेडेमी कास्कीका सम्पूर्ण गुरुङ, ५२ केजी तौलसमूहमा म्याग्दीका सुमन बानियाँ र एकल कातामा म्याग्दीकै चन्द्र बूढा राष्ट्रिय प्रतियोगिताको लागि छनौट भएको कराँतेका प्रशिक्षक फत्त गुरुङले जानकारी दिए। फुटबल तथा कराँतेको टोली बिहीबार काठमाडौं प्रस्थान गर्ने भएको छ।

विजेता तथा उपविजेता खेलाडीहरूलाई प्रमुख अतिथि प्याब्सनका केन्द्रीय सदस्य वीरबहादुर बुढाथोकी, कार्यक्रमका अध्यक्ष एवं प्याब्सनका केन्द्रीय सदस्य कृष्ण केसी, प्याब्सन कास्कीका अध्यक्ष निदेशप्रसाद कोइराला, सल्लाहकार माधवशरण उपाध्याय, प्रतियोगिता संयोजक जगत थापालगायतलले प्रमाणपत्र वितरण गरेका थिए।

सो अवसरमा प्रमुख अतिथि प्याब्सन केन्द्रीय सदस्य वीरबहादुर बुढाथोकीले प्याब्सन, हिसान र एन–प्याब्सानको लामो प्रयासपछि सरकारले विद्यालय खेलकुदको लागि केही बजेट छुट्टयाएको र यस वर्ष नगरे अर्को वर्षको लागि बजेट विनियोजन हुन नसक्ने हुँदा हतार हतारमा प्रतियोगिता सञ्चालन गरिएको बताए। उनले आगामी वर्षदेखि यसै सिजनमा व्यवस्थित तरिकाले प्रतियोगिता सञ्चालन गरिने प्रतिबद्धता जनाउँदै विजेता टीमलाई राष्ट्रिय प्रतियागिता जितेर आउनको लागि बधाई तथा शुभकामना पनि दिए। प्याब्सन केन्द्रीय सदस्य कृष्ण केसीको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्याब्सन कास्कीका उपाध्यक्ष दिनेशकुमार श्रेष्ठले स्वागत तथा सचिव षडानन्द गौतमले कार्यक्रम सञ्चालन गरेका थिए।

ए।

कमेन्टहरु
Loading...