कर सप्ताहको अवसरमा अन्तरक्रिया

पोखरा, ६ मंसिर /पोखरा उद्योग वाणिज्य संघ र आन्तरिक राजश्व कार्यालय पोखराको आयोजनामा विभिन्न वस्तुगत संघ र व्यवसायीहरु माझ पांचौ राष्ट्रिय कर दिवस २०७३ का अवसरमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरियो ।

आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत लेखनाथ शर्माको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रमको अध्यक्षता संघका वरिष्ठ उपाध्यक्ष रवीन्द्र वहादुर प्रजु र संचालन संघका महासचिव दामु अधिकारीले गर्नु भएको थियो ।  कार्यक्रममा उपस्थित व्यक्तित्वहरुलाई स्वागत गर्दै संघका वरिष्ठ उपाध्यक्ष रवीन्द्रवहादुर प्रजु ले पोखरामा लगभग ४३ हजार व्यवसायी रहेको र १५ हजार जती मात्र करको दायरामा आएको हुंदा अन्य व्यवसायीहरुलाई पनि करको दायरामा ल्याउन कर कार्यालयका साथै अन्य सम्वन्धित निकायको विशेष कार्यान्वयन भएमा मात्र सम्भव रहेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख कर अधिकृत लेखनाथ शर्माले पोखरा उद्योग वाणिज्य संघलाई विशेष धन्यवाद दिंदै राजश्व निति निर्माण, करको दायरा र राजश्व संकलन लाई कार्यान्वयनमा ल्याउन पोखरा उद्योग वाणिज्य संघ जस्तै अन्य सम्वन्धित निकायको सहकार्य समन्वयमा मात्र कर कार्यालयले उत्कृष्ठ काम गरेर देखाउन सक्ने बताउनुभयो । प्यानलाई एउटा राष्ट्रिय अभियानका रुपमा लैजान र सरकारलाई कर तिरी गौरव र शान्तिको अनुभुती गर्नका लागि आवश्यक कार्यक्रमहरुको आयोजना गर्न आन्तरिक राजश्व कार्यालय तयार रहेको उहाँको धारणा थियो ।

उहाँले घरभाडा कर, व्यवसाय दर्तामा देखिएको समस्या तथा घुमन्ते व्यवसायीहरु करको दायरामा नआउने समस्याको समाधान अहिलेको आवश्यक भएको औंल्याउनुभयो ।  आन्तरिक राजश्व कार्यालयका कर अधिकृत हिम वहादुर वस्नेतले करको परिभाषा, करका किसिम जस्ता कर सम्वन्धी सम्पुर्ण बुंदाहरु समेटिएको कार्यपत्र प्रस्तुत गर्दै मिस म्याचका वारेमा प्रष्ठ पार्नुभएको थियो । अस्थायी प्यान लिंदा, घर भाडामा वस्दा भाडामा लिने व्यक्तिले नै घर भाडा कर तिर्नुपर्ने, वस्तुको मुल्य मापन जस्ता अन्र्तक्रिया कार्यक्रममा आएका समस्याहरुलाई कर अधिकृत हिम वहादुर वस्नेत र नारायण प्रसाद भण्डारीले प्रष्ठ पार्नुभएको थियो ।

कार्यक्रममा समस्या का साथै खरिद गर्ने सामानको पुरा विल माग्दा नपाइने हुंदा केन्द्रिय लेवलका व्यवसायीहरु संग पनि अन्र्तक्रिया गर्नुपर्ने जस्ता सुझावहरुका विषयमा छलफल गरिएको थियो । खुला सत्रमा कर सम्न्धी विभिन्न समस्या तथा सुझावहरु राख्ने क्रममा पोखरा उद्योग वाणिज्य संघका कार्य समिति सदस्य पे्रम वहादुर भुजेल र डि।वि।भुजेलका साथै अन्य वस्तुगत संघका प्रतिनिधी कृष्णराज पोखरेल, चिन्तामणि वांस्तोला, भुपेन्द्र गिरी, यम प्रसाद पौडेल, भरतराज पराजुली, युवराज वस्नेतले कर प्रशासन व्यवसायी मैत्री हुनुपर्ने, करको दरभन्दा दायरा बढाउनु पर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका सल्लाहकार संजीव बहादुर कोइरालाको विशेष उपस्थिति रहेको थियो ।

कमेन्टहरु
Loading...