पोखरा, ६ मंसिर/ढिकुरपोखरी गाबिस पोखरामा नगाभ्न जिल्ला प्राबिधिक समितिलाई ज्ञापनपत्र बुझाइएको छ ।
ढिकुरपोखरी गाबिसका केही युवाहरुको समुहले अन्नप्र्ण गाँउपालिका बनाइ ढिकुरपोखरीलाई केन्द्र बनाउन माग गर्दै आइतबार जिल्ला प्राबिधिक समितिका संयोजक एबं स्थानिय बिकास अधिकारी बलराम ढकाललाई ढिकुरपोखरी गाबिस पोखरा नगरपालिकामा नगाभ्न सम्बन्धित निकायमा शिफारीस गरीदिन आग्रह गर्दै ज्ञापनपत्र दिएका छन् ।
बर्तमान राज्यको पुनंसंरचनाको सन्दर्भमा ढिकुरपोखरी गाबिसलाई पोखरा उपमहानगरपालिकामा गाभिनुपर्ने माग सहित वडा नागरीक मञ्चद्धारा जिल्ला प्राबिधिक समितिका संयोजक तथा स्थानिय बिकास अधिकारीलाई ज्ञापनपत्र दिइ सिफारीस गरीएकै दिन गत साउन १३ गते १९ औ गाँउपरिषदले पास गरेको निर्णय कार्यान्वयन हुनुपर्ने माग गरी स्थानिय गमबहादुर गुरुङ, गुञ्जमान गुरुङ, बिकाश गुरुङ, नारायण पौडेल, गुबराज गुरुङ, राजेन्द्र गुरुङ, ज्ञानबहादुर थापा, इन्द्र बहादुर थापा, अशोक गुरुङ एकनारायण पौडेल लगायतको टोलीले धर्ना सहित स्थानिय बिकाश अधिकारीको कार्यालय जिल्ला बिकास समितिमा आइ ज्ञापन पत्र बुझाइएको नागरीक अगुवा गमबहादुर गुरुङले जानकारी दिए ।
यस अघि वडा नागरीले मञ्चले पोखरा नगरपालिकामा गाभ्नुपर्ने भन्र्दै जिल्ला प्राबिधिक समितिलाई कात्तिक २९ गते ज्ञापनपत्र बुझाएको थियो ।