एड्स रोग नियन्त्रणको लागि १ लाख ५ हजार सहयोग

पोखरा, ६ मंसिर / पोखरा उपमहानगरपालिका–९ निवासी समाजसेवी एवं. रिट्रायर एम.भि.ओ,एम.बि.ई. मेजर जयबहादुर गरुङ्ग र उनको धर्मपत्नी रुपकुमारी गरुङ्गले एड्स रोग नियन्त्रण संघ पोखरालाई आर्थिक सहयोग गरेका छन ।

संघको सामाजिक कार्यको लागि आईतवार एक कार्यक्रमको आयोजना गरी नगद १ लाख ५ हजार रुपैया प्रदान गरेको हो । संघका अध्यक्ष विश्वमोहन गौचनको अध्यक्षता तथा सचिव अमृतलाल श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रममा संघकी सल्लाहकार सिता गरुङ्गले सबैको सहयोगबाट संघ चलिरहेको उल्लेख गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरिएको बताए ।

संस्थाका अध्यक्ष गौचनले संघले एड्स रोग नियन्त्रणको लागी बिभिन्न गतिबिधी गर्दे आएको उल्लेख गर्दै आगामी दिनमा यस प्रकारका गतिविधिलाई निरन्तरता दिइने र यो सहयोगबाट एड्स रोग नियन्त्रणको लागी सुनसरी, धरान, बिराटनगर जस्ता धेरै स्थानमा जनचेतनामुलक कार्यक्रम गर्ने बताए ।

सो अवसरमा सहयोगदाता मेजर जयबहादुर गुरुङ्ग र उनका धर्मपत्नी रुपकुमारी गुरुङ्गलाई सम्मान गरिएको थियो । कार्यक्रममा संघका सल्लाहकार पुरुषोत्तम श्रेष्ठ, सिता गरुङ्ग, रामभुषण पराजुली, जिवन अधिकारी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कमेन्टहरु
Loading...