स्वरोजगार कर्जा द्धारा संचालित व्यवसायीहरुको अनुगमन

पोखरा, २९ जेष्ठ/जिल्ला संयोजन तथा अनूगमन समिति कास्कीले यूवा तथा साना व्यवसायी स्वरोजगार कोष द्धारा छनौटमा परेका ५ सहकारीहरुले लगानी गरेका बिीभन्न साना व्यवसायीहरुको २ दिने अनूगमन गरेको छ । कास्की जिल्लाका बिभिन्न स्थान शिशूवा, भण्डारढिक, पटनेरी, अर्घौं, बेगनास, बुढिवजार, रिठ्ठेपानी, माझठाना, पृथ्वीचोक, हेम्जा, धिताल, सृजनाचोक, सिद्धार्थचोक, बगर, टूंडिखेल, प्रस्याङ, भरतपोखरी, निर्मलपोखरी, सराङकोटका १ सय ४२ जना वेरोजगार यूवाहरुलाई करिव २ करोड रुपैंया ऋण लिएका छन् ।

उनिहरुले कास्की जिल्लामा रहेका माछापुच्छ«े सहकारी संस्था चिप्लेढुङगा, सिभिल बचत तथा ऋण सहकारी नयांवजार, गण्डकी माछापुच्छ«े संचार सहकारी भरतपोखरी, र गौरी शंकर बचत तथा ऋण सहकारी हेम्जाबाट ऋण लिएका थिए । स्वरोजगार कर्जाद्धारा संचालित साना व्यवसायहरुले फेन्सी तथा कपडा पसल, तरकारी तथा फलफुल पसल, फ्रेस हाउस, गाईपालन, भैसिपालन, कुखुरा पालन, बंगुर पालन, बेमौसमी तरकारी खेती, इलेक्टिकल पसल, कस्मेटिक पसल, सिलाईकटाई, रेष्टूरेण्ट, माछापालन, होजियारी, किराना पसल, मौरी पालन, चियापसल, होटल व्यवसाय गरेका छन् ।

अनूगमनको क्रममा व्यवसायहरु साना भए पनि व्यवहारिक उपयोगि र महत्वपुर्ण देखिएको छ । यि व्यवसाय बिकसित हूदै गएमा आन्तरिक राजश्व कार्यालयमा कानूनी रुपमा दर्ता गरि राज्यको निति अपनउनू तथा अंगाल्नू पर्ने समेत अनूगमन टोलीले व्यवसायीहरुलाई सुझाव दिएको छ ।

कमेन्टहरु
Loading...