पोखरा ट्रेडमलको दशैं तिहार मेला जारी, ३ सय ५७ जना भाग्यमानी ग्राहकलाई उपहार

पोखरा, ५ मंसिर । पोखरा ट्रेड मल चिप्लेढुंगाद्वारा सञ्चालित दशैं तिहार मेला बम्पर उपहार कार्यक्रम अन्तर्गत भाग्यमानी ग्राहक छनौट गर्ने क्रम जारी छ । आइतबारसम्म ट्रेड मलमा सपिङ गर्ने ग्राहकहरु मध्य ३ सय ५७ जना भाग्यमानी ग्राहकले उपहार जितिसकेको मलका अध्यक्ष विन्दुकुमार थापाले जानकारी दिए ।

ट्रेड मल भित्रका बिभिन्न पसलहरुबाट ग्राहकहरुले समान खरिद गर्दा प्राप्त गरेका उपहार कुपनका अर्धकट्टिहरु संकलन गरी लक्की ड्र मार्फत दैनिक र साप्ताहिक उपहार बिजेता छनौट गरिन्छ । कात्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म ग्राहकहरुले सामान खरिद गर्दा प्राप्त गरेका उपहार कुपनका अर्धकट्टिहरु संकलन गरी साप्ताहिक उपहार बिजेता छनौट समेत गरिएको छ ।

यस पटकको साप्ताहिक उपहार उकेश घलेले जितेका छन् । उनले ३२ इन्चको एलइडी टिभी उपहार प्राप्त गर्नेछन् । दैनिक उपहार अन्तर्गत कुपन नं. ०५०६२७ का ग्राहकले ५ सय रुपैयाँको नगद भौचर जितेका छन् । २ सय रुपैयाँको नगद भौचर कुपन नं.०६०७८९, ०९३६०१, ०७५९१५ का ग्राहकले, मुभी टिकट कुपन नं. ०२३२५५, ०४९९०१, ०९५३८५ का ग्राहकले र गिफ्ट ह्याम्पर कुपन नं. ०६१९७७, ०६८८१५, ०६३७९१ का ग्राहकले हात पारेको प्रवन्ध निर्देशक मीनराज काफ्लेले जानकारी दिए । उपहार छनौट कार्यक्रमकै अवसरमा गत साताको साप्ताहिक उपहार बिजेता प्रविन गुरुङलाई सिजीको २०० लिटरको फ्रिज उपहार प्रदान गरिएको छ । उपहारले आफू निकै हर्षित भएको उनले बताए ।

हालसम्म दैनिक उपहार बिजेता ३ सय ५० जना र साप्ताहिक उपहार बिजेता ७ जना छन् । ३२ इन्चको टि.भी. बिजेताहरुमा नानु रेग्मी (हेम्जा), सम्झना गुरुङ (पोखरा–१३), हिरा माया गुरुङ ( पोखरा), उकेश घले (पामे) छन् । २०० लिटरको सिजीको फ्रिज बिजेताहरुमा अश्रित थापा (पोखरा), हेमा गुरुङ (पोखरा) र प्रविन गुरुङ (स्याङ्जा) रहेको कार्यक्रम संयोजक बासुदेव पराजुलीले जानकारी दिए । उपहार कार्यक्रमले ट्रेड मलमा सपिङ गर्ने ग्राहकहरु बढेको सञ्चालक सन्तोष घिमिरेले बताए । उपहार कार्यक्रम मंसिर २४ गतेसम्म जारी रहने कम्पनी सचिव माधव तिमिल्सिनाले जानकारी दिए ।

कमेन्टहरु
Loading...