रिजनल हस्पिटलको निःशुल्क शिविरमा २ सय बढिको स्वास्थ्य परिक्षण

पोखरा, ५ मंसिर/अभियान युवा क्लवको आयोजना तथा रिजनल हस्पिटलको प्राविधिक सहयोगमा चापाकोट–७ स्थित सिद्ध बराह उच्च माविको प्राङ्गणमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । क्लवको १०औं बार्षिकोत्सवको अवसर पारेर बालरोग, मेडीकल, स्त्री तथा प्रसुति, नाक, कान, घाटी सम्बन्धि निशुल्क शिविर गरेको हो ।

शिबिरमा २ सय १२ जनाले स्वास्थ्य तथा औषधी वितरण गरेको थियो । शिविरमा निःशुल्क रुपमा रगत र पिसाबको जाँच गर्नुका साथै फिजिवयो थेरापीको पनि सेवा प्रदान गरेको रिजनल हस्पिटलाका मेडिकल डाइरेक्टर डा. यज्ञराज सिग्देलले जानकारी दिए । शिविरमा रिजनल हस्पिटलबाट मेडिकल डाइरेक्टर तथा बालरोग बिशेषज्ञ डा. यज्ञराज सिग्देल, फिजिसियन डा. मनोज कोईराला, स्त्री तथा प्रसुति विशेषज्ञ डा. तारा गुरुङ, नाक÷कान÷घाटी रोग बिशेषज्ञ डा. आकाशमणी भण्डारीले स्वास्थ्य परिक्षण गरेको सिग्देलले जानकारी दिए ।

शिविरमा डाक्टर, स्टाफ नर्स, ल्याब एसिस्टेन्ट लगाएत २० जनाको प्रविधिक टोली र आयोजक क्लबको स्वयंसेवक गरि ४२ जनाको टोली शिविरमा गएका थिए । शिविरमा वृद्धहरुको बाक्लो उपस्थिति रहेको र स्वास्थ्य परिक्षण पछि खुसी व्यक्त गरेको कार्यक्रम संयोजक राजु गिरीले बताए । शिविर शुरुहुनु भन्दा अगाडी औपचारिक कार्यक्रममा पञ्चासे जलाधार विकास समितिका अध्यक्ष निर्मल पौडेल, बालरोग विशेषज्ञ डा. यज्ञमान सिग्देल, रिजनल हस्पिटलका म्यानेजर अर्जुन शर्मालगाएतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमका सभापति तथा क्लवका अध्यक्ष मोहन बहादुर केसीले सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिदै विशेष सहयोगीलाई कदर पत्र प्रदान गरेका थिए । कार्यक्रमको संचालन राजु गिरीले गरेका थिएभने स्वागत मन्तव्य अभियान महिला उप–समितिकी सिर्जना थापाले राखेकी थिईन् ।

रिजनल हस्पिटलको निःशुल्क शिविरमा २ सय बढिको स्वास्थ्य परिक्षण
रिजनल हस्पिटलको निःशुल्क शिविरमा २ सय बढिको स्वास्थ्य परिक्षण
रिजनल हस्पिटलको निःशुल्क शिविरमा २ सय बढिको स्वास्थ्य परिक्षण
रिजनल हस्पिटलको निःशुल्क शिविरमा २ सय बढिको स्वास्थ्य परिक्षण
रिजनल हस्पिटलको निःशुल्क शिविरमा २ सय बढिको स्वास्थ्य परिक्षण
रिजनल हस्पिटलको निःशुल्क शिविरमा २ सय बढिको स्वास्थ्य परिक्षण
कमेन्टहरु
Loading...