अन्तर्राष्ट्रिय युवा सम्मेलन ढाकामा, अर्काे वर्ष नेपालमा

पोखरा, ५ कात्तिक /‘दिगो युवा विकासका लागि दक्ष युवाशक्ति’ भन्ने नाराका साथ बंगलादेशको राजधानी ढाकामा अन्तर्राष्ट्रिय युवा सम्मेलन सम्पन्न भएको छ । बिहीबार देखि शुरु भएको सम्मेलन अर्काे वर्ष नेपालले आयोजना गर्ने गरी शनिबार राति अबेर सकिएको छ । श्रीलंकाले शनिबार अबेर आफ्नो दावेदारी फिर्ता लिए पछि नेपालले यो अवसर प्राप्त गरेको हो ।

सम्मेलनको समापन समारोहमा सुचना प्रविधि मन्त्रालयका सचिव श्याम सुन्दर सिक्दरले बंगलादेशजस्ता देशहरुले ठूला विकास परियोजनामा जोड दिई देशको विकास तथा युवा रोजगारीको सिर्जना गर्नुपर्ने बताए । उनले यही लक्ष्यका साथ बंगलादेशका विभिन्न विकास परियोजनाहरुमा आगामी वर्षसम्ममा दुई लाख नयाँ रोजगारी सिर्जना गरिने बताए ।
सम्मेलनमा बोल्दै नेपाली टोलीका प्रमुख सुवास मल्लले विकासशिल देशहरुमा रहेको युवा जनशक्ति प्रचुरताको अवस्थाबाट ति देशहरुले लाभ लिन स्पष्ट नीतिको खाँचो रहेको बताए ।

समारोहमा नेपाललगायत बंगलादेश, श्रीलंका, भारत, ब्राजिल, प्यालेष्टाइन, अफगानिस्तान, न्युजिल्याण्ड, अमेरिकाजस्ता १४ देशका ३०० युवा प्रतिनिधिहरुले भाग लिएका थिए । सुजन पौडेल, भानु पौडेल, रमेश सिंह, दीपक तिवारी, धर्मदत्त पौडेल र पोमलाल गिरीले पनि सहभागीता जनाएका थिए ।

सम्मेलनका विभिन्न सत्रहरुमा नेपाली टोलीको तर्फबाट गोविन्द गिरी, विश्वदर्शन पराजुली, अमृत सुवेदी, रविन्द्रराज पौडेल, प्रभा भुजेल, सुजन पौडेल, भानु पौडेल, दीपक तिवारीलगायतले आफ्ना भनाईहरु राखेका थिए । त्यसै गरी शकुन्तला शर्मा, विश्वदर्शन पराजुली, दुर्गाराज पाण्डे, रमेश सिंह, धर्मदत्त पौडेल, पोमलाल गिरी लगायतले साँस्कृतिक प्रस्तुत समेत राखेका थिए । उक्त अवसरमा नेपालजस्ता अल्पविकशित तथा विकाशशिल देशहरुमा व्याप्त युवा रोजगारीको समस्या, समाधान तथा विदेश पलायनका विविध आयामहरुको बारेमा छलफल भएको थियो ।

कार्यक्रमका विभिन्न सत्रहरुमा बेरोजगारी, युवा नेतृत्व विकास, युवा सशक्तिकरण, स्वयंसेवा तथा दक्ष रोजगारी लगायतका विषयहरुमा छलफल गरिएको थियो । बंगलादेशका विभिन्न संस्थाहरु स्टेप अप फाउण्डेसन, लाइफ एण्ड स्किल डेभलोप्मेण्ट क्लब, होप’८७ तथा न्युजिल्याण्डका संस्थाहरु बाज्डा र लाइफ स्किल कोचिङ्गको संयुक्त आयोजनामा हुन लागेको उक्त कार्यक्रममा नेपाली टोलीको व्यवस्थापन पोखराको गुरुचेला एजुकेशनले गरेको हो ।

कमेन्टहरु
Loading...