बगर भाइखलककोे भेट्रान फुटवल प्रतियोगिता पुसको पहिलो हप्तामा

बगर भाइखलकको भेट्रान टोली हेटौडा प्रस्थान
बगर भाइखलककोे भेट्रान फुटवल प्रतियोगिता पुसको पहिलो हप्ता

पोखरा ०५ मंसिर । बगर भाइखलकको भेट्रान फुटवल प्रतियोगिता आगामी पुसको पहिलो हप्तादेखि हुने भएको छ । बगर भाइखलकले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको फोर्टी प्लसको भेट्रान फुटवल प्रतियोगिता आगामी पुस ६ देखि ९ गते सम्म बगर स्थित पुरानो टुडिखेल मैदानमा हुने भएको हो । छैठौ संस्करणको यो प्रतियोगितालाई सफल बनाउन बगर भाइखलकका अध्यक्ष दिल बहादुर गुरुङको संयोेजकत्वमा एक सय एक सदस्यीय मुल आयोजक समिती गठन गरिएको छ ।

गठित समितीको सह संयोजकमा तेज बहादुर गुरुङ, आर्थिक समितीमा इश्वर गुरुङ, मञ्च ब्यवस्थापनमा ओमकार गिरी, प्राबिधिक तथा अनुशासन समितीमा दिनेश श्रेष्ठ, टीम ब्यवस्थापनमा इश्वर गुरुङ (चन्द्र), सचिवालय ब्यवस्थापनमा याम बहादुर गुरुङ, युवा तथा स्वयंसेवक परिचालनमा सन्तोष गुरुङ (धन), युवा तथा स्वयंसेवक परिचालन सह संयोजकमा खगेन्द्र गुरुङ रहेका छन । त्यसैगरी सुरक्षामा नारायण प्रसाद शर्मा, पुरस्कार तथा प्रमाणपत्रमा इश्वर गुरुङ (चन्द्र), स्वास्थ्य प्राविधीकमा बावुराम पौडेल, खेल मैदान ब्यवस्थापनमा प्रदिप राइ (दारासिङ), प्रचार प्रसारमा मानकाजी गुरुङ, अतिथी सत्कारमा रमेश श्रेष्ठ, अन्तराष्ट्रिय सम्पर्कमा मदन केसी र यातायात तथा बसोवासको संयोजकमा हिटलर घलेलाइ चयन गरिएको छ ।

८ लाख खर्च लाग्ने उक्त प्रतियोगिताको मुख्य प्रायोजक एस ओ एस गु्रप काठमाण्डौ रहेको छभने पहिलो पटक युके निबासी समाजसेवीहरु कमल गुरुङ र भानु थकाली गुरुङको पहलमा बगर भाइखलक युकेले नगद एक लाख र मेडल ब्यवस्थापन गरी सह प्रायोजकको भुमिका निर्वाह गर्ने भएको छ । गत वर्ष सम्पन्न पांचौ संस्करणको प्रतियोगितामा काठमाण्डौबाट ८, बिरगन्जबाट २, हेटौडाबाट २, बुटवलबाट १ , चितवनबाट १ र पोखराबाट १० टीम गरी २४ टीमले सहभागीता जनाएका थिए । उक्त प्रतियोगितामा चर्चित नायक धिरेन शाक्यको टीम फोर्टी फाउण्डेशन काठमाण्डौ बिजेता भएको थियोभने भाटभटेनी हेल्थ क्लव काठमाण्डौ उपबिजेता बनेका थिए । छैठौ संस्करणको अव हुने प्रतियोगितामा पुरस्कार राशीमा बृद्धि गरी बिजेता टीमले नगद ७५ हजार र उपविजेताले ५० हजार प्राप्त गर्नेछन ।

कमेन्टहरु
Loading...