बैंकले घरेलु उद्योगमा अनिवार्य लगानी गर्नु पर्ने

काठमाडौ, ५ मंसिर/सरकारले घरेलु तथा साना उद्योग प्रवर्धनका लागि बैंक तथा वित्तीय संस्थालाई घरेलु उद्योगमा अनिवार्य लागनी गर्नु पर्ने व्यवस्था गर्ने लागि छ ।

उद्योग मन्त्रालयले लघु, घरेलु तथा साना उद्योगको प्रवर्धनका लागि कुल लगानीको ३ प्रतिशत अनिवार्य लागानी गर्नुपर्ने व्यवस्था गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको हो । अर्थको सकारात्कम संकेतपछि उद्योग मन्त्रालयले यसको औपचारिक प्रस्ताव गरेको आजको कारोबार दैनिकमा खबर छ ।

बैंकहरुलाई कुन क्षेत्रमा कति लागनी गर्ने भन्ने समबन्धमा नेपाल राष्ट्र बैंकको नीति नै अन्तिम हुनेछ । अर्थ मन्त्रालयको निर्देशनपछि केन्द्रीय बैंकले लगानीको ३ प्रतिशत सम्बन्धी व्यवस्था कार्यान्वयकमा ल्याउनेछ । लुघ, घरेलु तथा साना उद्योगमा वित्तीय पहुँच बढाउन सरकारले बैंकहरुलाई लगानीको सीमा तोक्न लागेको हो ।

कमेन्टहरु
Loading...