मंसिर ४, पोखरा । निजी तथा सामुदायिक अस्पतालहरुको छाता संगठन एशोसियसन अफ प्राईभेट हेल्थ इन्स्टिच्युशन नेपाल (अफिन) को पश्चिमाञ्चल क्षेत्रबाट उपाध्यक्षमा पोखराका नरेन्द्र बास्तोला निर्बिरोध निर्वाचित भएका छन् । शनिबार राजधानीमा सम्पन्न १९ औं साधारणसभा अन्र्तगतको निर्वाचन कार्यक्रमले पोखराको पद्म नर्सिङ होमका बास्तोलालाई पश्चिमाञ्चल क्षेत्रबाट केन्द्रिय उपाध्यक्षमा निर्बिरोध चयन गरेको हो ।अधिबेशनले अध्यक्षमा नर्भिक अस्पताल काठमान्डौका बसन्त चौधरीलाई नै पुनः सर्वसम्मत चयन गरेको छ ।

अफिनको बरिष्ठ उपाध्यक्षमा अल्का अस्पतालका कुमार थापा र केन्द्रिय उपाध्यक्षमा आशा अस्पतालका नारायणसिंह कुँवर निर्वाचित भएका छन् ।यस्तै साधारणसभाले क्षेत्रिय उपाध्यक्षहरुमा पुर्वाञ्चलका लागि लाईफ गार्ड अस्पतालका डाक्टर कैलाश कुमार श्रेष्ठ, मध्यमाञ्चलका लागि नारायणी सामुदायिक अस्पतालका पुष्पराज शर्मा, मध्यपश्चिमाञ्चलका लागि राप्ति लाइफ केयर अस्पतालका हरि प्रसाद रिजाल र सुदुरपश्चिमाञ्चलका लागि पद्मा अस्पतालका राजेन्द्रविर चन्दलाई चयन गरेको छ ।
यसैगरी अफिनको महासचिबमा सुमेरु अस्पतालका हेमराज दहाल ,सचिबमा बिजयपुर अस्पतालका पंकज खतिवडा र कोषाध्यक्षमा नेपाल क्यान्सर अस्पतालका स्वरुपा श्रेष्ठ निर्वाचित भएका छन् । यसैगरी, सदस्यहरुमा राजकुमार थापा (रिदम न्यूरोसाइक्राटिक अस्पताल), गोपिकृष्ण न्यौपाने (स्तुपा स्वास्थ्य सेवा सहकारी), लोक बहादुर टण्डन (ग्रिनसिटी अस्पताल), कैलाश खड्का (वेलकेयर अस्पताल), भरतराज रेग्मी (चितवन एभरेस्ट अस्पताल) र यमबहादुर दर्लामी (सर्वाङ्ग अस्पताल निर्वाचित भएका छन् ।
साधार सभामा क्षेत्रीय सदस्यमा पूर्वाञ्चलमा राजेश प्रसाद विष्ट (विराट आँखा अस्पताल), मध्यमाञ्चलमा ओमप्रकाश दवाडी (चितवन ओम अस्पताल), पश्चिमाञ्चलमा गोविन्द खनाल (मेडिटेक अस्पताल), मध्यपश्चिमाञ्चलमा चन्द्रबहादुर महतो –कौशल्या मेमोरियल अस्पताल) र सुदुरपश्चिममा विष्णु प्रसाद सापकोटा (घोडाघोडी अस्पताल) निर्वाचित भएका छन् । साधारणसभाको शुक्रबार स्वास्थ्य मन्त्री गगन थापाले एक कार्यक्रमका बिच उद्घाटन गरेका थिए ।