विश्वकै ठूलो थान्का पोखरामा प्रर्दशन सुरु

पोखरा, ४ मंसिर/विश्वकै सबैभन्दा ठूलो बुद्ध थान्का पोखरामा प्रदर्शन सुरु भएको छ । नेपाल—जापान सम्बन्धको ६० औं वर्षगाँठको अवसरमा पोखराको रंगशालामा आज र भोलीका लागि प्रर्दशनीमा राखेको हो ।

विश्वकै सबैभन्दा ठूलो सत्तरी मिटर लामो र ५० मिटर चौंडाई भएको द आर्ट अफ प्याचवर्क (कपडालाई काटेर टालेको) थान्का निर्माण भएको पोखरामा थान्का प्रदर्शन मूल आयोजक समितिका संयोजक पानबहादुर घर्तीले जानकारी दिए । थान्का पोखरा रंगशालाको खेल मैदानमै पूर्व—पश्चिमबाट हेर्न मिल्नेगरी राखिएको छ ।

प्रर्दशनको उद्घाटन पुर्व पोखरा पृथ्वीचोकबाट लामा गुरुहरुको नेतृत्वमा बाजागाजा सहितको ¥याली सहित रंगशाला पुगेको थियो । थान्का प्रदर्शनीको उद्घाटन हेम्जा गुम्बाका प्रमुख तथा काहुँमा बन्न लागेको यशोधरा वाटीकाका प्रमुख स्याङपा रिम्पोछेबाट बौद्ध संस्कृति अनुसार विधिपूर्वक पूजा गरेर गरेका थिए ।

विश्वकै ठूलो थान्का पोखरामा प्रर्दशन सुरु तस्विर ः सञ्जय शाक्य
विश्वकै ठूलो थान्का पोखरामा प्रर्दशन सुरु तस्विर ः सञ्जय शाक्य
विश्वकै ठूलो थान्का पोखरामा प्रर्दशन सुरु तस्विर ः सञ्जय शाक्य
विश्वकै ठूलो थान्का पोखरामा प्रर्दशन सुरु तस्विर ः सञ्जय शाक्य
कमेन्टहरु
Loading...