पोखरा सडक महोत्सव सफल पार्न विभिन्न उपसमिति गठन

पोखरा, ४ मंसिर /रेवान पोखराको आयोजनामा आउँदो पुष १३ देखि १७ गते सम्म लेकसाइडमा हुन लागेको १८ औं पोखरा सडक महोत्सव सफल पार्न विभिन्न उपसमितिहरु गठन गरिएको छ । समितिका निवर्तमान अध्यक्ष गोपीबहादुर भट्टराईलाई १८ औं सडक महोत्सवको संयोजक चयन गरिएको छ ।

त्यसैगरि सह–संयोजकमा उपाध्यक्षद्वय भिमसेन भुजेल र लक्ष्मण बराल रहेका छन् । कार्यालय प्रशासन, मिडिया तथा प्रचार प्रसार समितिको संयोजकमा महासचिव विश्वराज पौडेल र सदस्य गणेश थापा रहेका छन् भने आर्थिक, टिकट व्यवस्थापन समिति संयोजकम योगेश भट्टराई र लक्ष्मण बराल रहेका छन् ।

त्यसैगरि पास र कुपन व्यवस्थापन समितिमा बलराम पहारी र निरञ्जन ढकाल, जन सम्पर्क समितिमा गणेश वहादुर भट्टराई र सुर्य वहादुर भुजेल, महोत्सव अनुगमन तथा व्यवस्थापन समितिमा सुर्य वहादुर भुजेल, गणेश वहादुर भट्टराई, श्रीलाल सुवेदी भरतराज पराजुली, गोविन्द राज पहारी, केदार शर्मा, हरि गैह्रे, पोखरा पर्यटन परिषद, सामुदायिक सेवा केन्द्र, वैदाम, तथा पर्यटन संध सस्थाका अध्यक्षहरु र वैदाम वडा समन्नय समिति अध्यक्षलाई पनि समितिमा राखिएको छ ।

महोत्सव सुरक्षा समितिमा नरेश वहादुर भट्टराई, राजेन्द्र ढकाल, वडा प्रहरी कार्यालय, वैदाम जिल्ला प्रहरी कार्यालय, कास्की रहेका छन् । सांस्कृतिक समितिमा चांै वहादुर गुरुङ्ग, लोक वहादुर गुरुङ्ग र भिमसेन भुजेल खेलकुद समिति संयोजकमा हरि भुजेल, बाटो सजावटमा ज्याक तामाङ्ग, लोक वहादुर गरुङ्ग र दोर्जे लामा रहेका छन् भने स्टल, स्टेज, व्याक ड्रप तथा गेट सजावट समितिमा विष्णु वानियाँ र वलराम पहारी रहेका छन् ।

दोहोरी समितितर्फ भिमसेन भुजेल, दल वहादुर केसी र सालिग्राम पौडेल, चिल्ड्रेन पार्क, वसुन्धरा पार्क स्टलमा निरञ्जन ढकाल र विष्णु वानियाँ, होटल व्यवस्थापन तथा अतिथि सत्कारमा राजेन्द्र ढकाल, ओम पाण्डे र पश्चिमाञ्चल होटल संघ, यातायात पार्किङ तथा स्वयं सेवक समितिमा चिरञ्जिवी पोखरेल, रामु गौतम र कृष्ण श्रेष्ठ रहेका छन् । फोहर मैला व्यवस्थापनमा बलराम गिरी आपतकालिन स्वास्थ्य सेवामा भिष्मराज पौडेल, नविन चालिसे र डा. मान गुरुङ्ग तथा इभेन्ट म्यानेजमेन्टमा वैभव पौडेल, योगेश भट्टराई र सञ्जु सुनार रहेका छन् ।

यसैविच सडक महोत्सव सफल पार्नका लागि रेवान पोखराका विशेष साधारण सभा पनि सम्पन्न भएको छ । साधारणसभाका सहभागिहरुले सबैको सल्लाह सुझाव संकलन गरि यसपटकको महोत्सव भव्य रुपमा सम्पन्न पार्नुपर्नेमा जोड दिएका थिए । रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रम महासचिव विश्वराज पौडेलले सञ्चालन गरेका थिए । संयोजक गोपीबहादुर भट्टराईले कार्यक्रममाथि प्रकाश पारेका थिए ।

कमेन्टहरु
Loading...