बराह ज्वेर्लसका अध्यक्ष लामिछाने सहारा एकाडेमीमा

पोखरा, ४ मंसिर/गोर्खा बराह ज्र्वेलस इण्डष्ट्रीज प्रालीका अध्यक्ष शिव लामिछानेले शुक्रवार सहारा एकाडेमीको अवलोकन गरेका छन । विभिन्न कार्यक्रममा सहारा हङ्गकङ्गको मुख्य प्रायोजकको भुमिका निर्वाह गर्ने बराह ज्वेलर्सको पोखराको दोस्रो शाखा उद्घाटनको अवसर पारेर पोखरा आएको समयमा लामिछानेले दोविल्ला पुगेर सहारा एकडेमीको समेत अवलोकन गरेका हुन ।

उनले सो अवसरमा सहारा क्लवले यस क्षेत्रको खेलकुद र सामाजिक कार्यमा पुर्याएको योगदानको बारेमा प्रशंसा गर्दै उनले बराहले आफ्नो आम्दनीको केही प्रतिशत सामाजिक कृयाकलापमा खर्च गर्ने गरेको वताए । उनले सहरा क्लव सामाजिक कार्य गर्ने सवैका लागि उदाहरणिय रहेको समेत बताए ।

सो अवसरमा वाणिज्य तथा आपुर्ती विभागका महानिर्देशक शम्भु कोइरालाले संगित र खेलकुदले नै राष्ट्र चिनाउने प्रमुख माध्यम रहेको वारे चर्चा गर्दै सामाजिक उ्रत्तरदायी अन्तर्गत आगामी दिनमा सहरा लाई सहयोग गर्ने वताए । उनले भने “सहाराले निशंकोच रुपमा राज्यलाई समेत चुनौती दिने गरि जुन संरचना निर्माण गरेको छ यसमा सवैको साथ र सहयोग आवश्यक छ ।”
क्लवका अध्यक्ष विरभद्र आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा क्लवका पुर्व अध्यक्ष विक्रम थकालीले स्वागत गर्दै सहरा एकडेमीको स्थापना संचालनका बारेमा जानकारी गराएका थिए ।

सो अवसरमा सहारा हङ्गकङ्गका अध्यक्ष दिपक गुरुङ्ग, नेपाल खेलकुद पत्रकार मंचका अध्यक्ष महेश आचार्य, पुर्वाञ्चलका विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरु, वराह ज्वेलर्सका सदस्यहरु समेत अवलोकन भ्रमणमा संल्गन रहेका थिए । कार्यक्रम संचालन क्लवका बरिष्ठ उपाध्यक्ष केशव बहादुर थापाले गरेका थिए ।

क्लव द्वारा निर्मित सुविधा सम्पन्न आवास गृह सहारा एकेडेमी दोबिल्ला पोखरा–१७ मा हाल १६ जिल्लाका २८ जना बालकहरु रहेका छन । आहा रारा गोल्ड कप, देउसी भैलो कार्यक्रम र विभिन्न दाताहरुले दिएको सहयोगबाटै क्लवले उनीहरुको निशुल्क शिक्षा दिक्षा,स्वास्थ्य,फुटबल प्रशिक्षण लगायत भरणपोषण गर्दै आएको छ ।

कमेन्टहरु
Loading...