विद्यार्थीलाई शैक्षिक सामाग्री तथा सुइटर वितरण

पोखरा,३ मंसिर /जनजागरण प्रावि लाहाचोकका विद्यार्थीहरुलाई स्टेशनरी तथा न्यानो कपडा वितरण गरिएको छ । सामाजिक जागरणका लागि नारी अभियानको आयोजनामा लोडि सहयोगी कल्याण कोषको सहयोग तथा जिल्ला शिक्षा कार्यलय कास्कीको संयोजनमा ४० जना विद्यार्थीहरुलाई कापी कलम, सुइटर र टोपी लगायतका सामाग्री हस्तान्तरण गरिएको हो ।

दलित समुदायका विद्यार्थीहरु मात्र अध्ययनरत विद्यालयमा विश्व वालअधिकार दिवसको अवसर पारी सहयोग हस्तान्तरण गरीएको हो । कार्यक्रममा प्रमुख अतिथि सहायक जिल्ला शिक्षा अधिकारी हेमनारायण चापागाई, सामाजिक जागरणका लागि नारी अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघक केन्द्रीय सदस्य सुष्मा पौडेल, स्वतन्त्र पत्रकार महासंघका केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद वास्तोला, लोडि सहयोगी कल्याण कोषका टुल्ट्रीन लामा तथा टासी लामा ,सामाजिक जागरणका सदस्य सरु अधिकारी, रेनु थापा, उशा गोशेली, सरिता घिमीरे,पुजा शाह, पत्रकार यदुनाथ वञ्जरा,माधव पनेरु, विनु थापा, श्रिभद्र पौडेल लगायतले विद्यार्थीहरुलाई सुइटर तथा स्टेशनी सामाग्रि वितरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा सहायक जिल्ला शिक्षा अधिकारी हेमनारायण चापागाईले सामाजिक जागरणले सरकारले गर्नुपर्ने काम गरेकोमा प्रशंसा गर्दै लक्षित विद्यार्थीहरुलाई राहत वितरण गरकोमा आभार व्यक्त गरे । उनले सवा नै सवैभन्दा ठुलो धर्म भएकाले सत्कर्ममा जुट्नुपर्ने आवश्यकता औल्याए ।

त्यस्तै पत्रकार वास्तोलाले समाजिक जागरणले स्थापना कालदेखी नै सेवा मुखी र जागरण जगारउने कार्य गर्दै आएकोमा प्रशसंसा व्यक्त गरे । कार्यक्रममा सहयोग दाताका तर्फवाट दुल्ट्रीन लामा र टासी लामाले लक्षित वर्गलाई आफ्नै हातले सेवा गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा समेत सहकार्य गर्नै प्रतिवद्धता जाहेर गरे ।

कार्यक्रमका सभाध्यक्ष तथा अभियानका संयोजक पौडेलले सामाजिक जागरणले पुलको काम गरेको भन्दै स्थापना कालदेखी सदस्यहरुको साथ र सहयोगले अभियान थालेको एक वर्ष नहुदै उपयोगी, ४० भन्दा वढी काम गर्न सफल भएको वताइन् । विद्यालयका प्रअ निशा शर्माले विद्यार्थीह्रुलाई अत्यावश्यक रहेको सामाग्री हस्तान्तरण गरेकोमा खुसी व्यक्त गरिन् ।

विद्यालयमा मंसीर ७ गतेदेखी सञ्चालन हुने महायज्ञको कलशवितरण कार्यक्रमलाई संवोधनका क्रममा यस अगाडी प्रमुख वाचक युवा पं दिनवन्धु पोख्रेलले सडकमा टायर वालेर कर्ची फोरेर मात्र देश विकास नहुने भन्दै युवाहरुले सामाजिक जागरणले जस्तै सेवामुखी काम गनपर्ने आवश्यकता औल्याए ।

कमेन्टहरु
Loading...