पोखरामा निःशुल्क सेक्युरिटी तालिम शुरु

पोखरा, ३ मंसिर /नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालय अन्र्तगतको व्यवसायिक तथा शिक्षा विकास तालिम केन्द्रको आर्थिक सहयोग तथा दी गोर्खाज रेञ्जर सेक्युरिटी प्रालिको प्राविधिक सहयोगमा शुक्रबारदेखि पोखरामा निःशुल्क सेक्युरिटी तालिम शुरु भएको छ ।

सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनीका सहायक बाहिनीपति एसएसपी कृष्णभक्त बर्माचार्यले एक समारोहका विच तालिमको उद्घाटन गरे । तालिम उद्घाटन गर्दै उनले निजि क्षेत्रबाट उत्पादन हुने कामदारले अन्र्तराष्ट्रिय क्षेत्रमा समेत रोजगारिको राम्रो अवसर प्राप्त गरेको उल्लेख गरे । तर तालिम संख्यात्मक रुपमा भन्दापनि गुणात्मक रुपमा राम्रो हुनुपर्ने बताए । यद्यपी मानिसले आफ्नों सुरक्षा अर्काको भरमा भन्दापनि आफ्नों सुरक्षा आफैले गर्न सक्षम हुनुपर्नेमा जोड दिए । तालिमका सहभागिहरुलाई अनुशासित र जिम्मेवारि हुन पनि उनले आग्रह गरे ।

तालिममा नेपाल सरकारको तर्फबाट ५० तथा दी गुर्खाजका तर्फबाट ५ गरि ५५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । बृटिस सेनाबाट अवकाश प्राप्त क्याप्टेन घनश्याम पुन र महेशबहादुर थापाले ३२ दिने तालिममा प्रशिक्षण दिनेछन् । उद्घाटन समारोहमा व्यवसायिक तथा शिप तालिम केन्द्र पोखराका प्रमुख तिलकराम रिजाल, दी गुर्खाज रेञ्जर सेक्युरिटी प्रालिका कानुनी सल्लाहकार सुकदेव गौतम लगाएतले शुभ–कामना मन्तव्य राखेका थिए ।

दी गुर्खाजका सञ्चालक नेत्रबहादुर थापाको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा प्रबन्धक राजेन्द्र केसीले स्वागत तथा महेशबहादुर थापाले सञ्चालन गरेका थिए । सृजनाचोक स्थित कार्यालयमा हुने तालिममा सेक्युरिटी सम्बन्धि व्यवहारिक र सैद्धान्तिक पक्षमा तालिम दिइने छ ।

कमेन्टहरु
Loading...