लेखनाथ ,२ मंसिर।लेखनाथ २ रिठ्ठेपानीमा रहेको लिटल फ्लावर एजुकेशनल एकेडेमीमा विहिवारदेखि खेलकुद सप्ताह शुरु भएको छ । विद्यालयको वार्षिक क्यालेण्डर अनुसार हरेको वर्ष हुदै आएको खेलकुद सप्ताह अन्र्तगत पहिलो दिन विद्यालयमा एक कार्यक्रम गरि उदघाटन गरिएको छ। विद्यालयका प्रिन्सिपल गोपाल थापाले खेलाडिहरुलाई वल हस्तान्तरण गरि शुरु भएको खेलकुद सप्ताहमा विभिन्न खेलहरु समावेश गरिएको छ ।

एघारौ नेशनल प्याब्सन स्पोर्टस मीटलाई समेत मध्यनजर गर्दै विद्यालयमा खेलकुद गर्न लागिएको शिक्षक संयोजक राम प्रसाद अधिकारीले जानकारी दिए । खेलकुद सप्ताह अन्र्तगत सिनियर र जुनियर समुहमा छुट्टा छुट्टै खेलकुदहरु आयोजना गरिएको छ । सिनियर समुहमा दौड , हाइजम्प, लङजम्प, ज्याम्लिङ थ्रो,फुटवल, भलिवल लगायतका खेलहरु समावेश रहेका छन भने जुनियर तर्फ रिले दौड, छोटो दुरीका दौड, टेवल टेनिस,तातो आलु खेलहरु समावेश रहेका छन ।