पोखरामा लक्ष्य बढि राजश्व संकलन, उत्कृष्ट करदाताको नाम सार्वजनिक

सागर राज तिमिल्सिना
पोखरा, २ मंसिर/आन्तरिक राजश्व कार्यालय पोखराले २०७३÷७४ चालु आर्थिक वर्षको कात्तिक मसान्त सम्ममा २ अर्व १ करोड २७ लाख संकलन गरेको छ । कात्तिक मसान्त सम्मको लक्ष्य भन्दा करिब ३७ प्रतिशत बढि राजश्व संकलन गरेको हो । १ अर्व ४७ करोड ८४ लाख लक्ष्य रहेको थियो ।

यो आर्थिक वर्षमा पोखरा कार्यालयले ५ अर्व ८२ करोड ४६ लाख राजश्व संकलनको लक्ष्य राखेको आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत लेखनाथ शर्माले बताए । उनले लक्ष्य भन्दा बढि संकलन गर्ने बताए । कार्यालयले आर्थिक बर्ष २०७२÷७३ मा ५ अर्व २ करोड २६ लाख राजश्व संकलनको लक्ष्य राखेकोमा ५ अर्व ४३ करोड १० लाख राजश्व संकलन गरेको छ । लक्ष्यको तुलनामा १०८.१ प्रतिशत राजश्व संकलन भएको शर्माले बताए ।

गण्डकी र धौलागिरीका १० जिल्लामा १ लाख ९ हजार २ सय ८८ करदाता छन् । ब्यवसायीक प्यानमा दर्ता भएका ६८ हजार ५ सय २७ छन् भने ब्यक्तिगत प्यानमा दर्ता भएका ४० हजार ७ सय ६१ जना छन् । त्यसमध्ये भ्याटमा दर्ता भएका ११ हजार २ सय ८४ र इक्साइ करदाता ६ हजार ५६ रहेका छन् ।

पोखरामा पाँचौ राष्ट्रिय कर दिवसको अबसरमा बुधबार देखि कर सप्ताह सुरु भएको छ । कर दिवस तथा कर सप्ताहको अबसरमा प्रभातफेरी निकालिनुको साथै गण्डकी र धौलागिरीका उत्कृष्ट करदाताको नाम सार्वजनिक गरिएको छ । आर्थिक बर्ष २०७१÷७२ मा कर तिरेका गण्डकी धौलागिरीका उत्कृष्ट करदाताको नाम सार्वजनीक गरेको छ । कास्कीमा विदशी नागरिक मार्कस अलेक्जेन्डर चाल्र्स कटनद्धारा सञ्चालित लेखनाथको टाइगर टप होटलको टाइगर माउण्टेन प्रालि रहेको छ ।

त्यस्तै तनहुको गण्डकी ट्रेड सप्लायर्स, स्याङजाको कालिका माइक्रोक्रेडिट डेभलपमेण्ट बैंक लिमिटेड , बाग्लुङको जय कालिका भगवती निर्माण सेवा प्रालि, मुस्ताङको अमित बिल्डर्स, लम्जुङको कृषक जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गोरखाको मनास्लु बिकास बैंक लिमिटेड, पर्वतको नमूना आवासिय माध्यामिक बिद्यालय र म्याग्दीको कुमारी बहुउद्देश्यिय सहकारी संस्था लिमिटेड उत्कृष्ट करदाता घोषित भएका छन् ।

कर प्रशासन, कर सचेतना तथा सहभागिता तथा सञ्चालनमा सहयोग पुर्याउने संस्था मध्येबाट लेखनाथ उद्योग बाणिज्य संघ र पर्वत उद्योग बाणिज्य संघलाई सम्मान गरिने भएको छ । प्रभातफेरीमा सहभागिले कर तिरौ आत्मसम्मानको अनुभूति गरौ, गौरबको साथ तिरौ कर, संबृद्ध राष्ट्र हाम्रो रहर लेखिएका प्ले कार्ड र ब्यानर बोकेका थिए ।

कमेन्टहरु
Loading...