रोशनी गुरुङको तिमी संग मेरो नजर बजारमा आयो

पोखरा १, मंसिर । गायिका रोशनी गुरुङको तिमी संग मेरो नजर बोलको गित पोखरामा एक कार्यक्रमका बिच सार्वजनिक गरीएको छ ।गितको भिडियोलाई गायकहरु कर्णदास, बिनोद बानिया, रामभक्त जोजीजु, श्रीमान थुलुङ तथा फिल्मकर्मीहरु माओत्से गुरुङ र नेत्र गुरुङले सयुक्त रुपमा सार्वजनिक गरेका हुन ।कार्यक्रममा बोल्दै गायक कर्णदासले पहिलो गितबाट नै गायीका रोशनी गुरुङले सांगेतिक क्षेत्रमा राम्रो सम्भावना देखाएको बताए । सांगेतिक क्षेत्रमा सफलताको लागी अभ्यास, निरन्तरता र लगनशिलताको जरुरी हुने उनको भनाई थियो । अर्का गायक बिनोद बानियाले अब सांगेतिक कर्मका लागी पोखरेलीहरुले काठमाडौलाई समेत पोखरामा बोलाउनुपर्ने बताए ।

बानियाले पोखराबाट नै उत्कृष्ट म्युजिक भिडियो बन्छ भन्ने कुरा सार्वजनिक भिडियोबाट स्पष्ट भएको धारणा राखे ।पोखरामा तुलनात्मक रुपमा गायिकाहरुको संख्या कम भएकोले पनि रोशनी गुरुङको ब्यबसायीक सम्भावना समेत राम्रो रहेको बानियाको भनाई थियो । अर्का गायक रामभक्त जोजीजुले अहिले इन्टरनेटको जमाना भएकोले सांगेतिक क्षेत्रमा अगाडी बढ्न राजधानी नै जानुपर्छ भन्ने मान्यता भत्किएको बताए । कार्यक्रममा संगितकर्मी जयकुमार परीयार, श्रीमान थुलुङ तथा फिल्मकर्मीहरु माओत्से गुरुङ र नेत्र गुरुङले गायीका रोशनीको सुखद सांगेतिक भबिष्यको कामना गरे ।

रोशनी गुरुङको तिमी संग मेरो नजर बजारमा आयो
रोशनी गुरुङको तिमी संग मेरो नजर बजारमा आयो

कार्यक्रममा गायीका रोशनी गुरुङले अग्रज संगितकर्मीहरुले दिएको प्रतिक्रियाले आफु उत्साहीत भएको बताइन । आगामी दिनहरुमा संगितमा निरन्तर साधना गरीरहने उनको भनाई थियो ।सार्वजनिक गरीएको गितमा श्याम गुरुङको शब्द र प्रकाश नेपालीको संगित रहेको छ । फलानो क्रियशनले तयार पारेको भिडियोलाई अपिल त्रिपाठीले निर्देशन गरेका हुन भने सरोज अधिकारीको छायङ्कन र सुवास अम्गाईको सम्पादन रहेको छ । भिडियोलाई भिडियो साझेदार साइड युबट्युबबाट समेत सार्वजनिक गरीएको छ ।

कमेन्टहरु
Loading...