होटल ब्यवसायीले नगरपालिकालाई टेरेनन् ःढुङगाना

पोखरा, १ मंसिर /पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुङगानाले पोखराका होटल ब्यवसायीले कानूनलाई अटेर गर्ने गरेको बताएका छन् । उनले कानुन विपरित भवन निर्माण गर्ने गरेको बताएका हुन् ।

सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द बैदामले बुधबार आयोजना गरेको स्वागत तथा अन्र्तरक्रिाय कार्यक्रममा पर्यटकीय क्षेत्र लेकसाइमा अराजक, अवस्थित र दण्डहिनता मौलाएको बताएका हुन् । उनले कानुन विपरितका काम गर्नेलाई कावार्हीको दायमा ल्याउने बताए ।

उनले पर्यटकीय क्षेत्र भएकाले फोहोर ब्यवस्थापनलाई ब्यवस्थित गर्ने बताए । ‘यहाँको फोहोर ब्यवस्थापन गछौ, त्यसका लागी सम्वेदनशील छौ उनले भने सिङगो पर्यटनको पहिचान फेवाताल संकटमा पर्छ, त्यसैले ब्यवस्थित गर्न नगरपालिका आफनो भुमिका पुरा गर्न तयार छ ।’ उनले नगरपालिकाको कमिकमजोरीलाई सुधार गदै अगाडी बढने प्रतिबद्धता समेत ब्यक्त गरे ।

कार्यक्रममा समाजसेवी हुमबहादुर लामिछाने,नागरिक समाजका संयोजक रामबहादुर पौडेल, वडा समन्वय समिति बैदामका अध्यक्ष गिरीराज अधिकारी, पोखरा पर्यटन परिषद्का उपाध्यक्ष चिरञ्जिवी पोखरेल, पर्यटन ब्यवसायी बलराम गिरी, विष्णुबहादुर भटराई, पशुराम पहारी, मंगल नेपाली लगायतले फेवाताल संरक्षण, फोहोरमैला ब्यवस्थापनको ब्यवस्थापनमा नगरपालिकाले चासो दिनुपर्ने र फेवातालमा ढल मिसाउनेहरुलाई कानुनी दायरामा ल्याएर कारवाही गर्नुपर्ने बताएका थिए ।

कार्यक्रम सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष भिम पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन गंगा लामिछानेले गरेकी थिइन् ।

कमेन्टहरु
Loading...