सरुको पत्र सुजता दिदीलाई

सरु दाहाल अधिकारी

सरु दाहाल अधिकारी
सरु दाहाल अधिकारी

दिदी अहिले बिदेश तिरै हुनुहुन्छ होला हैरुरु नआत्तिनु समयमा उपचार गरे धेरै जस्तो क्यान्सर निको हुन्छ । रोगले धनी गरिब कसैलाई चिन्ने गरेको छैन बस यति होकी  बरु रोगको पहिचाहन समयमा भयो भने उपचार गर्दा ठिक हुन्छ देशमा यति हल्ला भहिराखेको छ कि अन्तत छोडिदिनु जुन नेपालमा क्यान्सर पीडित भइ ऋण धन गरि केमु खादै छन् उनिहरुलाइ पनि थाह भहिसकेको छ ।

दिदी हजुरलाइ त अहिले थाहा छैन होला  ? केमुको पिढा कति हुन्छ भनेर एकै महिना पछि नभोगी सुख्खै छैन ।यो केमु त क्यान्सरका बिरामीको लागि अम्रित मान्नु पर्ने जसले हदै पिढा दिन्छ ।जुन पिढा म आफैले भोगेको पनि आज छ बर्स पूरा भइसकेको रैछ ।आफ्नो अतितको भोगाइ ताजकी हुँदै आयो ।

किन दिदी यति उदाहरण बन्न पनि सक्नु भयन है रुपहिले उपचार गर्छु पुगेन भने बिचार गरैला भनेर स्वास्थ भन्दा धन ठूलो भनेर होला आखिर हजुरको लवाइ खुवाइनै महङ्गो छ क्यारे लाखौ पर्ने सारीमा सझिनु हुन्थो ।जुन सारिको दामले हजार जाना हुम्ला जुम्लामा बस्ने हाम्रा दिदी बहिनीको सिरेटो छेक्ने काम गर्थो होला उता आँखा कस्को पुगोस ।

स्वदेशी उत्पादन त हजुरलाइ मनै नपर्ने है दिदी रु छर्लङ्ग गराइदिनु भयो श्रीमान र ज्वाइँ पनि छुट्टाछुट्टै देशका बिदेशी।
यो देशमा जन्म लिने सबैको हकअधिकार बराबरी नभयरै होला यो क्यान्सरका बिरामीले उपचार गर्न नपाएर अकालमा मर्नु परेको छ ।कति त आत्महत्या गर्न पनि बाध्य छन दिदी ।फेरि निको पनि सजिलै का हुन्छर हजुर जस्तो न उनीहरु बिदेशी उपचार काहाँ पाउँछन तो त परै हो दिदी देशमै भयको सुबिधा पनि पाएका छैनन्।

पैसा बिना उपचार नपाएर अस्ति एउटी नानिले स्वास्थ मन्त्रीलाई पत्र लेख्दै थिइन ढुङ्गा जस्तो आत्म हुनेलाइ के थाह सानो सहयोगले उसको ज्यान बाच्न सक्छ भन्ने ।अन्तत उनलाई गढेको क्यान्सरको जरा उखेल्न नपायरै यो धर्तिदेखि बिदा लिन बाध्य भइन यी आत्महरु पिचास भइ दुस्ख नदेलान भन्न पनि सकिँदैन मन्त्री ज्यु । बरु हामी जस्ता क्यान्सर भइ निको भयका मान्छेले धेरै ठाउँमा गही स्वास्थ शिबीर गरेका छौ । सचेत गराउने काम गरेका छौ कि आफुले जस्तो अरुले भोग्न नपरोस भनेर ।
ठिकै छ मनमा आनन्द हुन्छ।

दिदी यो मायाँको डोरी पनि अचम्मको हुने रैछ ।हिजो सम्म काङ्ग्रेस नेत्री सुजता भनेर चिन्थे महिले तर अब फरक रुपले याद हुने भयो दिदी ।म अनि म जस्तै अरु क्यान्सर बिरामीहरु जो ठूलो अप्रेशन पछि केमु ९सर्पको बीस जस्तै कडा अौषधि०लगाएर शेष परेका साथिहरु जस्तै रुपमा हुनुभयो दिदी माया पलाएर आयो ।

केमु लगाउदाको क्षेण सम्झदा त बाच्न भन्दा मर्न आनन्द लाग्ने थियो ।तर आफ्नो कर्तब्य सगँ भाग्न मन पनि त मन नलाग्दो रैछ उपचार पछि फेरि अतीत हुनेरैछ। फेरी यो रोग नदोहोर्‍यएको खन्डमा त नयाँ जुनिनै पाईन्छ दिदी पत्र पनि लामै भयो हजुरलाई स्वास्थ लाभको कामना जादाजादै एउटा कुरा अनुरोध गर्दै भने आसाँ छ पक्कै उपचार पछी हजुरको मन बदलिने छ । जुन गरिबीको कारणले गर्दा केमु लगाउन बन्चितलाइ थोर‌ै भएनि राहत गर्न हात उठाउँनु हुने छ भन्दै बिदा हुन्छु दिदी ।

मरेको भय छ बर्स हुन्थो खुसी छु बाचेर
सन्तानको अघि सबैको सामु हिडेछु हासेर
डर लाग्ने रोग क्यान्सर थियो डराए पहिले त
सुरुकै बेला उपचार पाए ठिकै छु अहिले त ।

 

कमेन्टहरु
Loading...