सानो परि एण्ड सानो बाबु २०१६ को ट्यालेन्ट राउण्ड सम्पन्न

पोखरा ,२९ कार्तिक । १२ औं संस्करणको “सानो परि एण्ड सानो बाबु पोखरा २०१६” ट्यालेन्ट कन्टेस्टको सेल्फ ट्यालेन्ट राउण्ड शनिबार पोखरामा सम्पन्न भएको छ । जीत हाम्रो फाउन्डेशनको आयोजना तथा युनिक ब्रेन पोखराको सहकार्यमा भैरहेको नानी बाबुहरुको ट्यालेन्ट शो प्रतियोगितामा पोखराका बिभिन्न १९ बिद्यालयका ५८ जना नानी बाबुहरुले नृत्य, गायन, चित्रकला, बत्तृत्वकला लगायतका बिभिन्न प्रतिभा प्रस्फुटन गरेका थिए । नानी बाबुहरुले देखाएका प्रतिभाको निर्णायको रुपमा संगितकार, गीतकार तथा गायक सामसुङ्ग तामाङ, नृत्य निर्देशक तथा कोरियोग्राफर नैना बाटाजु, र कुशल चित्रकार डि.बि. गुरुङ रहेका थिए ।

करिब तीन हप्ता देखि दिइदै आएको उक्त प्रतियोगिताको प्रशिक्षणमा बालिकाहरूको व्यक्तित्व, नेतृत्व तथा बौद्धिक क्षमतालाई उजागर गराउनको साथै बाल बालिकाहरूमा निहित प्रतिभालाई प्रोत्साहित गरी प्रस्फुटन गराउनको निमित्त कार्यक्रमलाई निरन्तरता दिदै आयोजना गरिएको आयोजक संस्थाका प्रबन्ध निर्देशक राजेश जोशीले जानकारी दिए । प्रतियोगिताको प्रशिक्षण अवधिभरमा बोल्ने कलाको बिकाश, स्मार्ट वाक, क्ले मोडलिङ्ग, आर्ट एण्ड क्राफ्ट, पेन्टीङ्ग, फोटो सेशन,

सानो परि एण्ड सानो बाबु २०१६ को ट्यालेन्ट राउण्ड सम्पन्न
सानो परि एण्ड सानो बाबु २०१६ को ट्यालेन्ट राउण्ड सम्पन्न

शैक्षिक अवलोकन भ्रमण, रमाइलो क्याम्प, सेल्फ ट्यालेन्ट राउण्ड हुँदै यहि मंसिर ४ गते, शनिबार अन्तिम प्रतिस्पर्धा पोखरा सभागृह हलमा बिबिध सांगीतिक कार्यक्रमको साथमा हुने कार्यक्रम संयोजक तथा कोरियोग्राफर सुरज थापामगरले बताए  ।

प्रतियोगिताको सह कोरियोग्राफरको रुपमा समीना श्रेण्ठ, सौरभ थापा, इनिशा दुरामगर, महिमा मगराटी, दिप्सान श्रेण्ठ, आरती जोशी आदी रहेका छन् । करिब ४ घण्टा सम्म चलेको उक्त ट्यालेन्ट राउण्मा कार्यक्रम संयोजक सुरज थापाले स्वागत मन्तब्य र कार्यक्रम सञ्चालन इनिशा दुरामगरले गरेका थिए । प्रतियोगिताका बिजेताहरुले नगद सहित क्राउन, मेडल र अन्य बिभिन्न आर्कषक पुरस्कारहरु पनि पाउनेछन् ।

कमेन्टहरु
Loading...