नेपालमा रहेका भारतीय नोट नसाटिने, साटिदिन भारत सरकारलाई अनुरोध

काठमाडौं, ३० कात्तिक/नेपालमा रहेका पाँच सय र हजारका भारतीय रुपैयाँको सटही सुविधा दिन रिजर्भ बैंक अफ इन्डियाले अस्वीकार गरेको छ। नेपाल रहेका सर्वसाधारणका दसौं अर्ब भारतीय रुपैयाँ कागजको खोस्टासरह हुने खबर आजको नागरिक दैनिकमा छापिएको छ।

भारतीय सरकारले ५ सय र हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि नेपाल राष्ट्र बैंकले नेपालसँग भएका ती दरका नोट साट्ने व्यवस्था गर्न आरबिआईसमक्ष पत्राचार गरेको थियो। आरबिआईले जवाफमा सटही सुविधा दिने अधिकार आफूसँग नभएको बताएको हो।
राष्ट्र बैंकका एक उच्च अधिकारीका अनुसार आरबिआईले राष्ट्र बैंकको पत्रको जवाफ दिदैं नेपालसँग रहेको भारुको सटही सुविधा दिने–नदिने निर्णय भारतीय सरकारको हातमा मात्र रहेको बताएको जानकारी दिए ।

यसै विषयमा प्रधानमन्त्री पुष्पकोमल दाहालले मंगलबार भातरीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गरि भरतीय रुपैयाको नेपालमा नै सटही गर्ने व्यवस्था मिलाइ दिन अनुरोध गरेका छन् ।

कमेन्टहरु
Loading...