पोखरा, २९ कात्तिक / विश्व मधुमेह दिवसको अवसरमा पोखराका सम्पूर्ण लायन्स क्लबहरुको तर्फबाट सोमबार संयुक्त रुपमा शान्ति ¥याली सम्पन्न भएको छ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको आयोजना तथा लायन्स क्लब अफ पोखरा फेवा फिस्टेल सिटीको संयोजनमा कार्यक्रम भएको क्लबका अध्यक्ष इन्जिनियर सुरेन्द्र पौडेलले जानकारी दिए ।
पोखराको बिपीचोकदेखि महेन्द्रपुल, नयाँबजार हुँदै ¥याली पोखरा प्रदर्शनी केन्द्रमा पुगेर कोणशभामा परिणत भएको थियो । कोणशभाका अवसरमा बोल्दै निबर्तमान डिष्ट्रिक्ट गभर्नर ध्रुवबहादुर थापाले मधुमेह रोगीहरु दिनप्रतिदिन बढ्दै गएकाले सचेतना कार्यक्रम आयोजना गरिएको बताए ।
डिष्ट्रिक्टका मधुमेह सचेतना कार्यक्रम संयोजक तीर्थलाल श्रेष्ठले सामाजिक सचेतना फैलाउन कार्यक्रम गरिएको जानकारी दिए । डाक्टर तीर्थलाल उपाध्यायले मधुमेह रोग लाग्नुका कारण र बच्ने उपाएका बारेमा बोलेका थिए । डिष्ट्रिक्टका विभिन्न पदाधिकारी र पोखराका विभिन्न क्लबका प्रतिनिधिहरुको ¥यालीमा सहभागिता रहेको थियो ।