पोखरा, २९ कात्तिक/कास्कीले स्थानीय तह पुनर्संरचनाको हुदा ढिकुरपोखरा गाविसलाई गाउँ पालिकामा नभइ पोखरा उपमहानगर नगरपालिकामा गाभ्नु पर्ने गाविस बासीले माग गरेका छन् । गाविसमा भएको छलफल र वडा नागरिक मञ्च र राजनैतिक दलका नेताहरुले पोखरामा समाबेस गर्न माग गर्दै सोमबार जिल्ला विकास समितिमा ग्यापनपत्र बुझाएको छ ।
नागरिक मञ्च ढिकुरपोखरीको आयोजनामा स्थानीय विकास अधिकारी बालराम ढकाललाई ग्यापनपत्र बुझाएको हो । उनीहरुले प्रस्तावित अन्नपुर्ण गाउँपालिकामा जान भन्दा आफुहरुलाई पोखरा उपमहानगर पालिमामा नै आउने सजिलो हुने ढिकुरपोखरीलाई पोखराउपमहानगर पालिकामा समाबेस गर्ने गठिन समितिका संयोजनक भानुभक्त दाहालले बताए ।
जिल्ला विकास समिति कास्कीले पछिल्लो पटक बुझाएको खाकामा ढिकुरपोखरी गाविस अन्नपुर्ण गाउँपालिकामा परेको छ । दाहालले सबै काम पोखरा हुने तर हामी गाउँ पालिका हुदा काम गर्न अप्ठ्यारो हुने बताए । उनले ढिकुरपोखरी पहिले नै नगर पालिकामा जानका लागि तयार भएको बताए । उनले काठमाडौ गएर राज्य पुर्नसंरचना आयोज र प्रधानमन्त्रीलाई पनि भेटेर ग्यापनपत्र बुझाउने कार्यक्रम रहेको बताए ।