कास्कीकोटको कश्यप तपोवनमा योग शिविर

पोखरा २८ कार्तिक/कश्यप ऋषीले तपस्या गरेको कास्कीको कास्कीकोटमा कश्यप तपोवनमा एक दिने वृहत योग शिविर सम्पन्न भएको छ । स्वास्थ्यका लागि योग पर्यटन प्रर्वदनका लागि कास्कीकोट भन्ने नारा का साथ शिविर संचालन गरेको आयोजक हाम्रो कास्कीकोट युवा संजालका संयोजक चन्दे्रश्वर वस्ताकोटीले बताए ।

समुन्द्री सतह देखी अठार सय मिटर उचाईमा रहेको कश्यप धाममा पोखरा स्याङजा लगाएत ठाउँहरुवाट योग गर्नेहरुको सहभागीता रहेको योग शिविर संयोजक वालाहरी शर्मा सुवेदीले जानकारी दिए । योग शिविरमा योगगुरुहरु प्रदिप कुमार श्रेष्ठ, विश्व मनी तिवारी र मित्रलाल सुवेदी लगाएतले प्रशिक्षण दिएका थिए ।

योग गर्नाले हुने शारीरिक फाइदाहरुका वारेमा समेत जानकारी गराइएको थियो । कश्यप ऋषीले तपस्या गरेकाले पुराना कास्की हुदै अहिले कास्की जिल्लाको नामाकरण रहेको जन विश्वास रही आएको छ । योग शिविरमा सहभागीहरुलाई स्थानीयहरुले पञ्चेवाजाले स्वागत गरेका थिए ।

विहानको सुर्यउदय सगै देखिएको अन्नपुर्ण हिम श्रृङखलाको दृश्यले योग प्रशिक्षक तथा प्रशिक्षार्थीहरु निकै खुसी देखिन्थे । करीव तीन सय जना उपस्थीत रहेको हाम्रो कास्कीकोट युवा संजालका सह संयोजक गौरव त्रिपाठीले जानकारी दिए ।

कमेन्टहरु
Loading...