सर्वसम्मत नेतृत्व नभए निर्वाचन प्रक्रियाबाट- सिटौला

पोखरा, २८ कात्तिक/नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले तरुण दलमा सर्वसम्मत नेतृत्व चयन हुन नसके निर्वाचन प्रक्रियाबाट गरिने बताएका छन् ।

पोखरामा आज पत्रकारसँग कुरा गर्दै उनले निर्वाचनले पार्टीलाई बलियो बनाउने हुँदा निर्वाचनबाट डराउन नहुनेमा पनि जोड दिए ।

पत्रकारको जिज्ञासा उनले प्रतिप्रश्न गर्देै भने, नेपाली कांग्रेस, नेविसंघ र महिला संघमा निर्वाचन पद्दतिबाट नयाँ नेतृत्व चुनियो, यसले झनै पार्टी र भातृसंस्था एक ढिक्का बनाएको छ । यसले झन् विवाद ल्याएको छ र ?

तरुण दलको चौथो महाधिवेसनबाट सहमतिका आधारमा नेतृत्व चुन्ने विषयमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल जारी रहेको बेला सिटौलाले छुट्टै पत्रकार सम्मेलन गरी निर्वाचनले नै संगठनलाई बलियो बनाउनेमा जोड दिए ।

कमेन्टहरु
Loading...