छात्रतर्फ सैनिक र छात्रातर्फ गण्डकीलाई फुटबल प्रतियोगिताको उपाधि

पोखरा, २९ जेठ। सैनिक आवासीय महाविद्यालयले प्याब्सन कास्कीको आयोजनामा पोखरामा सञ्चालित प्रथम राष्ट्रिय विद्यालय खेलकुद–२०७० जुनियर च्याम्पियनसीपअन्तर्गत कास्की जिल्लास्तरीय मावि फुटबल प्रतियोगिताको उपाधि हात पार्न सफल भएको छ। मड्डलबार पोखरा रड्डशालामा भएको फाइनलमा गण्डकी बोर्डिङ स्कुललाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै सैनिकले उपाधि हात पार्न सफल भएको हो।निर्धारित समय एक–एक गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो।

मड्डलबार नै भएको छात्रा फुटबलको उपाधि गण्डकी बोर्डिङ स्कुलले जितेको छ। फाइनलमा हावर्ड एकेडेमीलाई ७–० को फराकलो गोलअन्तरले पराजित गर्दै गण्डकीले छात्रातर्फकोउपाधि जितेको हो। यसैबीच मड्डलबारदेखि नै पोखरामा क्षेत्रीय फुटबल प्रतियोगिता सञ्चालन भएको छ।

प्रतियोगिताअन्तर्गत पहिलो खेलमा कास्की जिल्लाले नवलपरासी जिल्लाबाट वाकओभर पायो। दोस्रो खेलमा तनहुँ जिल्ला ले गुल्मी जिल्लालाई ३–० ले पराजित ग¥यो। कास्की र तनहुँ फाइनलमा प्रवेश गरेका छन्। प्रतियोगितामा चार जिल्लाको सहभागिता रहेको थियो। फाइनल खेल बुधबार बिहान ११ बजे पोखरा रड्डशालामा हुने प्रतियोगिता संयोजक जगत थापाले जानकारी दिए।

कमेन्टहरु
Loading...